विद्युत उपयोगमा सुरक्षा अपनाउन आग्रह गर्दै जनचेतना र्याली

बुटवल । विद्युतीय सुरक्षा सम्वृद्धि र जीवनको लागि अनिवार्य भएको सरोकारवालाहरुले बताएका छन। विद्युतीय सुरक्षा दिवसको अवसर पारेर बुटवलमा आयोजित कार्यक्रम विद्युत् उपयोग र  सुरक्षा विधिबारे सरोकारवालाहरुले चासो देखाएका हुन। सरोकारवालाहरुको उपस्थितिमा विद्युत उपयोगमा सुरक्षा अपनाउन आग्रह गर्दै जनचेतना र्याली पनि निकालिएको छ ।

नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालयको आयोजनामा प्रभातफेरि निकालिएको हो ।   दुर्घटना न्युनीकरण गर्ने जनचेतना मुलुक सन्देश लेखिएका प्लेकार्ड सहित प्रभातफेरि सहभागी कर्मचारीहरुले सुरक्षा समाग्री साथमा आप्नो सुरक्षा आप्नै हातमा ,प्रलोभनमा नपरौ, विद्युतको सुरक्षित उपयोग गरौ, विद्युत दुर्घटनाबाट बच्न सचेत रहौ, समृद्धिको लागि विद्युतको सदुपयोग गरौ, विद्युत चोरी गर्नु दण्डनीय अपराध हो, लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख हरिप्रसाद पाण्डेले काम गर्ने कर्मचारी र उपभोक्ता दुबै पक्षलाई विद्युतिय सुरक्षाको बारेमा सचेतना जगाउन कार्यक्रम गरिएको बताउनुभयो । कर्मचारीहरु मार्फत आम नगरिकलाइ जानाकारी दिन र सुरक्षा अपनाउन आग्रह गरीएको प्रमुख पाण्डेले बताउनुभयो । सेवाको सहज पहुँच, गुणस्तरीय सामानको प्रयोग र किफायती उपभोग एवं चुहावट नियन्त्रण कार्यको उपभोक्तामा वढी भन्दा वढी सचेतना र जागरुकता संचार गरी विद्युत दुर्घटनामा कमी ल्याउनु यो दिवसको मुख्य उद्देश्य रहेको छ।

लेखाप्रमुख फर्सुराम पाण्डे प्रशासन प्रमुख रामप्रसाद पोखरेल, रामप्रसाद ज्ञवाली ,कल्पना थापा,लगायतले बोल्दै  विद्युतीय सुरक्षा दिवस  विद्युत दुर्घटनामा कमी ल्याउन सवैलाई सचेत रहन आग्रह गरीएको बताउनु भयाे । कार्यक्रम पछि कोण सभामा बोल्दै बक्ताहरुले पिपिई प्रयोग, सेफ्टी ब्यवस्थापन, उपकरणहरु प्रयोग जस्ता कुरामा ध्यान दिए दुर्घबाट बच्न सकिने बताउनु भयो ।  विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालय बुटलबाट निस्केको र्याली कालिका नगर, तिनकुनेचाेक  मिलनचोक ,बसपार्क राजमार्ग चौराहा होराइजन चोक  हुदै  विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालयमा पुगेर समापन भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.