काठमाडौंमा बसोबास गर्ने हुंगेलीहरुले गरे सांस्कृतिक कार्यक्रमसहित वनभोज

 

 

काठमाडौं। गुल्मी हुंगाबाट काठमाडौंमा बसोबास गरी विभिन्न पेशा व्यवसाय गर्दै आएका हुंगेलीहरुले सांस्कृतिक कार्यक्रमसहित वनभोज आयोजना गरेका छन् ।
हुंगेली आंगन काठमाडौंले आयोजना गरेको वनभोज कार्यक्रममा नृत्य, जोडी दौड, म्युजिकल चेयर प्रतियोगिता गरिएका थिए ।
नृत्य प्रतियोगितामा मानुषी भण्डारीले प्रथम पुरस्कार हात पारिन्। श्रृष्टि भण्डारी दोश्रो र आशिका तिवारी तेश्रो भए ।
पुरस्कृत लाई क्रमशः एक हजार, सात सय र पांच सय नगद प्रदान गरिएको थियो। आंगनका अध्यक्ष नारायणप्रसाद भण्डारीले पुरस्कार सौजन्य गर्नुभएको हो।


यसैगरी जोडी दौड प्रतियोगितामा ध्रुव र सिता भण्डारीको जोडी पहिलो भयो भने महेश र निशा भण्डारीको जोडी तथा तारा र सिता न्यौपानेको जोडीले प्रोत्साहन पुरस्कार हात पारे । हुंगेली समाजका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारी र पौवा होटल परिवारबाट पुरस्कार सौजन्य भएको थियो।
म्युजिकल चेयर प्रतियोगितामा निशा भण्डारी पहिलो र शुभम भण्डारी दोश्रो भए ।
आंगनका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षतामा भएको समारोहमा हुंगेली समाजका अध्यक्ष हर्क थापा मगर, सिद्दार्थ विजनेश ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपाने, समाजसेवी बिष्णुप्रसाद भण्डारी, बेलायतमा व्यवसाय गर्दै आउनुभएका पशुपति भण्डारी, कार्यक्रम संयोजक तथा आंगनका उपाध्यक्ष नुर भण्डारी, सचिव रामकृष्ण भण्डारीले बोल्नुभएको थियो।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.