एमाले रुपन्देहीको १०औं अधिवेशनको तयारी पूरा, उदघाटन अध्यक्ष ओलीले गर्ने ,भिडियो सहित हेर्नुस अनि सुन्नुस

 

भिडियो सहित हेर्नुस अनि सुन्नुस

बुटवल, २२ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । एमाले जिल्ला प्रचार विभाग रुपन्देहीले पत्रकार सम्मेलन गर्दै बुधबारदेखि भैरहवामा हुने अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।


अधिवेशनको उदघाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । अधिवेशन उदघाटन सत्रमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, सचिव एवं लुम्बिनी प्रदेश इन्वार्ज पद्मा अर्याल, जिल्ला इन्चार्ज दलबहादुर राना, पोलिटब्यूरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपाने, खिमलाल भट्टाराईलगायत विभिन्न तहका नेताहरुको उपस्थिति रहने प्रचार विभाग प्रमुख हितराज पन्थीले जानकारी दिए । जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिनुभयो । अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । अधिवेशन व्यवस्थित गर्नको लागि जिल्ला अध्यक्ष के.सी.को संयोजकत्वमा १६७ जनाको मूल व्यवस्थापन कमिटी चयन भएको छ । बन्दसत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिने छ । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित रहेको र उत्तिकै संख्यामा शुभेच्छुक रहेको अध्यक्ष केसीले बताउनुभयो ।
भैरहवाको सिद्धार्थ भिलासामा आयोजना हुने अधिवेशनमा प्रतिनिधिसहित उद्घाटनसत्रमा चार हजार बढीको उपस्थिति रहने बताइएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.