सत्ता समीकरण २०८४ सम्मनै कायम रहन्छ उपाध्यक्ष पौडेल

 

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले वर्तमान सत्ता समीकरण २०८४ को निर्वाचनसम्मनै कायम रहने दाबी गरेका छन् । नेपाली काँग्रेस प्रतिपक्षमा बस्नुपर्दा बेचैनी महशुस गरिरहेको बताउँदै पौडेलले यस पटक काँग्रेसलाई प्रतिपक्षमा बसेर निर्वाचन लड्दा कस्तो हुन्छ महशुस गराउने बताउनुभयो । https://www.youtube.com/watch?v=Y8zhT3JNpCU


हालसम्म काँग्रेसले प्रतिपक्षमा बसेर चुनाब लडेको ईतिहास नभएको बताउँदै उहाले यस पटक २०८४ को चुनावमा उसलाई प्रतिपक्षमै राखेर निर्वाचन गरी त्यसको महशुस गराउने उल्लेख गर्नुभयो । “नेकपा एमालेले धेरै पटक प्रतिपक्षमा बसेर चुनाव लडेको छ । काँग्रेसले त्यसको महशुस गरेको छैन । तर, यस पटक उसले महशुस गर्नेछ। यो सत्ता समीकरण २०८४ सम्मनै कायम रहेर एमालेले बहुमतको सरकार बनाउने पौडेलले दावि छ । वर्तमान गठबन्धन निरन्तरताको दाबी गर्दै उहाले काँग्रेसका केही नेताहरुले ’छ महिनापछि सरकारको काँध थाप्नु पर्ने स्थिती आउन सक्छ’-भनेर समिकरण फुटाउन सकिन्छकि भनेर भन्नू सपना मात्र भएको बताउनु भयो ।
नेकपा एमाले रुन्देहीको भैरहवामा सुरु भएको १० औं जिल्ला अधिवेशनको अवसरमा बोल्दै पौडेलले मिसन ८४ भनेकै एमालेको बहुमतको सरकार भएको दाबी गर्नु भयो। ’नयाँ वा पुरानो कसैले केही गर्दैन, काम गर्ने एमालेलेनै भएको उहाको दावि छ । मुलुको समृद्धिका लागि एमालेसँग योजना छ ।’- पौडेलले भएको बताउदै पौडेलले “संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको मियोका रुपमा र निणर्ायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्न जरुरी छ ।” मुलुकका सफल अर्थमन्त्रीका रुपमा लिइने नेता पौडेलले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताउनुभयो ।
उपाध्यक्ष पौडेलले एमाले रुपन्देहीलाई सहमतीमा नेतृत्व चयन गर्न निर्देशन दिनुभएको छ् । चुनावले सबै कुराको समाधान गर्न नसक्ने बताउँदै उनले सहमतिमा अघि बढ्न नर्देशन गनुैभयो ।
त्यस्तै पार्टीका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले मुलुकमा भएको उपलब्धीको जग र आधार एमाले भएको दावी गरे । उनले एमाले जनताको आशा र भरोसाको पार्टी भएको बताउनुभयो ।
एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले मुलुकको विकासको बाधक राजनीतिक अस्थिरता भएको बताइन् । उनले मुलुकको राजनीतिक कोर्स परिवर्तन भएको बताउनुभयो ।
पार्टीका पोलिटव्यूरो सदस्य तथा रुपन्देही इञ्चार्ज दल बहादुर रानाले जनप्रतिनिधि र पार्टी कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउनुपर्ने बताउनुभयो ।
एमाले पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष लिला गिरीले एमालेविरुद्ध तमाम पार्टीको गठबन्धन हुँदा पनि एमाले सफल भएको दावी गर्नुभयो ।
पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले एमाले सबैभन्दा ठूलो र लोकप्रिय पार्टी भएको बताउनुभयो । । अधिवेशन उदघाटन सत्रमा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरेलगायतले मन्तव्य व्यक्त गनुभएको थियो ।
जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।
अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । बन्दसत्रमा राजनैतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गरिएको छ । रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य संगठित रहेको र हजारौ कार्यकर्ता र शुभेच्छुक रहेको अध्यक्ष तेजेन्द्र केसीले बताउनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.