तम्घासका हाम्रा अजाअजी’ पुस्तकको विमोचन,समाज परिवर्तनको आन्दोलनलाई सबैले अघि बढाउनुपर्ने,एमालेका सचिव विष्ट

तम्घासका हाम्रा अजाअजी’ पुस्तकको विमोचन

काठमाडौं। नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले समाज परिवर्तनको आन्दोलनलाई सबैले अघि बढाउनुपर्ने बताउनु भएको छ। तम्घासका समाजसेवी नरप्रसाद श्रेष्ठ र शान्तादेवी श्रेष्ठको जीवनीबारे लेखिएको ‘तम्घासका हाम्रा अजाअजी’ पुस्तकको शनिबार काठमाडौंमा विमोचन गर्दै एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले पद र पैसाले सामाजिक जीवनलाई प्रभावित गर्न नसक्ने बताउनुभयो।

उहाँले सामाजिक काममा टिकिरहनु निकै महत्वपुर्ण भएको बताउँदै उहाँले सामाजिक रुपान्तरण र पारिवारिक पुस्तान्तरणका लागि पनि श्रेष्ठ परिवार उदाहरणीय भएको बताउनुभयो। पुस्तक श्रेष्ठ दम्पतिकी नातिनी शैलजा श्रेष्ठले लेख्नु भएको हो । पुस्तक विमोचन कार्यक्रममा नेपाली कांग्रेसका नेता भुवन श्रेष्ठले नरप्रसाद श्रेष्ठले तम्घासको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो।

नेपाल प्रहरीका  एआईजि  श्याम ज्ञवालीले  समाजसेवामा रुचि राख्ने गरेकाले पनि तम्घासका समाजसेवीका रूपमा चिनिएको बताउनुभयो। पारिवारिक आत्मियता आजको आवश्यक्ता भएको उहाँको भनाई छ। नेपाल सरकारका सहसचिव राजेन्द्र थापाले तम्घासको विकासमा नरप्रसाद श्रेष्ठ र उहाँको परिवारले धेरै सहयोग गरेको बताउनुभयो। शिक्षासेवी ताराप्रसाद भण्डारीले नरप्रसाद श्रेष्ठ चारपालाबाट तम्घास आएर संघर्ष गर्नुभएको स्मरण गर्दै राजनीतिक, शैक्षिक र सामाजिक विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभयो।

शिक्षासेवी रमेशप्रसाद अर्यालले पञ्चायती व्यवस्थाको अन्त्यका बेला तम्घासको आन्दोलनको चर्चा गर्नुभयो। आफैमाथि लेखिएको पुस्तक र आफूले गरेको संघर्षको बारेमा बोल्दै नरप्रसाद श्रेष्ठले असल सोचले काम गर्नुपर्नेमा जोडदिनुभयो । लेखिका शैलजा श्रेष्ठले समाजसेवामा सक्रिय अजाअजीको योगदान स्मरणीय बनाउन पुस्तक लेखेको बताउनुभयो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.