युवा संघमा विवाद ,बन्यो समानान्तर नेतृत्व

 

२७ चैत,  ।

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालभित्र समानान्तर नेतृत्व घोषणा गरिएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल पक्षकै नेताहरुले समानान्तर नेतृत्व घोषणा गरेका हुन् । अध्यक्ष नेपाल निकट युवाहरुले शनिबार काठमाडौंमा भेला गरेर नितेश पौडेल संयोजक र फुर्वा तामाङ सह-संयोजक रहेको महाधिवेशन आयोजक कमिटी घोषणा गरेपछि अर्को पक्षले कार्वाहिको तयारी गरेको छ ।
पूर्वप्रधानमन्त्री एवं सम्मानित नेता झलनाथ खनाल पक्षधर नेताहरुले भने शनिबार गुट भेला गर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन । खनाल निकट रहेका संयोजक विश्वकर्माले शुक्रबार नै विज्ञप्ति जारी गरेर समानान्तर भेला नगर्न चेतावनी दिएपनि भेला गरेपछि विवाद चर्किएको छ । शनिबार घोषणा गरिएको कमिटीले आगामी ३-५ असोजसम्म महाधिवेशन गर्ने योजना सहित तयारी थालेको छ । युवा संघका संयोजक कृष्णकुमार विश्वकर्माले महाधिवेशन गर्न नचाहेकाले अर्को महाधिवेशन आयोजक कमिटी घोषणा गर्नुपरेको बताइएको छ ।
तर भेलाले समानान्तर नेतृत्व नै घोषणा गरेपछि संघभित्रको विवाद सतहमा आएको छ । माधव नेपालका भाञ्जा रहेका पौडेललाई रोकेर कृष्ण विश्वकर्मालाई संयोजक घोषणा गरिएछि विबाद ले पार्टिलाइ समेत बिवादित बनाइ रहेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.