ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पुनःखनाल

बुटवल। ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको प्रथम अधिवेशन, साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ (साविक ढाकावाङ्ग गाविस) बाट विभिन्न सिलसिलामा अस्थाइ र स्थाइ रुपमा रुपन्देहीमा आइ बसोबास गर्नेहरुको भेलालेे ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका गठन गरेको थियो।
समाजका अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षता, कार्यवाहक सचिव टेकराज भुसालको संचालनमा सम्पन्न भएको कार्यक्रमको भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासेले प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै बेलवासेले समाजका गरेको काम प्रसंशनिय भएको भन्दै आफ्नो पुख्र्यौली थलोलाई नबिर्सन आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार, छिमेकी गाविसका सम्पर्क समाजका अध्यक्ष लगायतले शुभकामना मन्त्वय राख्नुभएको थियो।
समाजले सो अवसरमा समाजका आजीवन सदस्य, विभिन्न समयमा समाजलाई आर्थिक, नैतिक रुपमा सहयोग गर्ने १०० जनाभन्दा बढिलाई सम्मान समेत गरेको थियो ।
अधिवेशन तथा साधारणसभामा समाजका अध्यक्ष कृष्णप्रसाद खनालले प्रगति प्रतिवेदन तथा समाजका कार्यवाहक कोषाध्यक्ष शिवलाल खनालले आर्थिक वर्ष २०८०/८१ को आयव्यय तथा आगामी बर्षको अनुमानित आयव्यय प्रस्तुत गरेका थिए। अधिवेशन तथा साधारणसभाबाट संस्थाको कार्यसमितिले गरेका बिभिन्न निणर्यहरु अनुमोदन गरिएको छ ।
अधिवेशनले पुनः कृष्णप्रसाद खनाल अध्यक्ष रहेको २१ सदस्यीय ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाज निर्वाचित गरेको छ। जसको उपाध्यक्षमा ज्ञानप्रसाद खनाल, युवराज खनाल, सचिवमा बाबु भुसाल, सह-सचिवमा टेकराज भुसाल, कोषाध्यक्षमा सावित्रा खनाल, सहकोषाध्यक्षमा शिवलाल खनाल र सदस्यहरुमा क्रमशः जुना खनाल, रेश्मा खनाल, एनिसा बन्जाडे, शान्ता खनाल, दुर्गा खनाल, केशव भुसाल, बेद प्रसाद भुसाल, मेघराज खनाल, लेखनाथ खनाल, राम बहादुर अधिकारी, रामप्रसाद चुदाली, नरेन्द्र भुसाल, मोतिराम भुसाल, जिवलाल खनाल निर्वाचित हुनुभएको छ भने लेखा समिति संयोजकमा राजु खनाल र सदस्यहरुमा बसन्ता भुसाल र प्रेम खनाललाई समेत अधिवेशनले चयन गरेको छ । संस्था गठन भएको १ वर्षैमा संस्थालाई कानुनी रुपमा आधिकारिकता दिई रुपन्देहीमा बस्ने सम्पूणर् ढाकावाङ्ग वासीहरुको आपसी सम्बन्ध,समाजमा भैपरी आउने विभिन्न खालका सामाजिक समस्या, ढाकावाङ्गसँग सम्बन्धित कला, संस्कृति, रीतिरिवाजको संरक्षण गर्दै ढाकावाङ्ग वासीहरुको साझा चौतारीको रुपमा विकास गरेर संस्थासँग जोडिएका हरेक सदस्यहरुको सुखदुःखमा सहयोगी र पारिवारिक सदस्य जस्तै भएर समाज अगाडि बढेको नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद खनालले बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.