दुर्घटनामा तीनजनाको मृत्यु तीन घाइते

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

 

बुटवल २८, जेठ ।
रूकुम पश्चिममा गाडी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । आइतबार राति मुसिकोट नगरपालिका -१, गिल्वाङ नजिकै गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका -५, बर्दियाका २७ वर्षीय सौगात बिक, बराहताल गाउँपालिका -५, सुर्खेतका १९ वर्षीय जित बहादुर कार्की र गुर्भाकोट नगरपालिका -८ मेहेलकुना सुर्खेतका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ रहेका छन् ।
त्यस्तै दुर्घटनामा बाँफिकोट गाउँपालिका -४, का १७ वर्षीय सुजन बिक, ठाकुरबाबा नगरपालिका – ५, बर्दियाका २६ वर्षीय दिलिप थापा र सोही वडाका २७ वर्षीय टिकाराम खनाल घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
मुसिकोट खलंगाबाट बाँफिकोट गाउँपालिकाको छिनखेत तर्फ जाँदै गरेको कणर्ाली प्रदेश ०२-००१ च ०४१३ नम्वरको सानो गाडि सोलावाङ-बालुवा सडकखण्ड अन्तर्गत गिल्वाङ नजिकै दुर्घटना भएको हो । इन्टरनेट सेवा प्रदायक फाइबर नेट वल्र्ड लिंकको सानो गाडी सडकबाट करिब तीनसय मिटर तल खसेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.