लुम्विनि प्रदेश स्तरीय नृत्य निर्देशक कार्यशाला २०८१ समापन

बबाल नृत्य हेर्नुहोस भिडियो सहित
लुम्विनि प्रदेश स्तरीय नृत्य निर्देशक कार्यशाला २०८१ समापन कार्यक्रममा प्रस्तुत ताण्डव नृत्य

नृत्यलाइ पाठ्यक्रममा समावेश गरीनु पर्छ
बुटवल जेठ २८
नृत्यलाइ पाठ्यक्रममा समावेश गरीनु पर्ने एककार्यक्रमका बक्ता हरुले बताउनु भएको छ । बुटवलमा तिनदिन सम्म चलेको लुम्विनि प्रदेश स्तरीय नृत्य निर्देशक कार्यशाला २०८१ समापन कार्यक्रममा बाल्ने बक्ताहरुले सोकुरा बताउनु भएको हो । नृत्य निर्देशक संघ लुम्विनि प्रदेश को आयोजनामा नृत्य निर्देशक संघ रुपन्देहिको सहआयोजनामा भएको कार्यक्रममा लुम्विनि प्रदेशका विधालयहरुमा नृत्य प्रशिक्षकका रुपमा कार्यरत शिक्षक हरुलाइ नृत्य शिकाइ लाइ अब्वल बनाउन प्रदेश स्तरीय नृत्य निर्देशक कार्यशालाको आयोजना गरीको नृत्य प्रशिक्षक संघ लुम्विनिका अध्यक्ष लोकेन्द्र शाहाले बताउनु भयो ।

 

कार्यक्रमको उद्घाटन गर्दै लुम्विनि प्रदेश सभा सदस्य जमुना ढकाले कला सस्कृतिको जगेर्ना भएमात्र हाम्रो पहिचान रहने बताउनु भयो । नृत्य कार्यशालाको समापन कार्यक्रमलाइ सम्वोधन गदै लुम्विनि प्रदेश सभा सदस्य ढकालले नृत्यकलाको विकास समृद्धिका लागि प्रदेश सभाबाट गर्न सकिने काममा आप्नो सहयोग रहने बताउनु भयो । कार्यक्रम नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष तथा कार्यशालाका प्रशिक्षक भुवन श्रेष्ठ ले नृत्य कला सकृतिमा विना हाम्रो पहिचान अधुरो रहने बताउनु भयो । उहाले कला र संस्कृति जस्ताको तस्तै भावि पुस्तालाइ हस्तान्तरण गर्न सक्नुपर्ने बताउदै आफुहरु कला सस्कृति संरक्षणमा लागेको बताउनु भयो । उहाले यस किसिम नृत्य निर्देशक कार्यशाला नेपालमै पहिलो भएको भएको र आगामि दिनमा अन्य प्रदेश र जिल्ला हरुमा पनि आयोजना गरीने उहाले बताउनु भयो । कार्यक्रममा प्याप्सन बुटवलका मित्रहरी आचार्यले लोक सस्कृतिको संरक्षण पाठ्यक्रममा लोकनृत्य विषय समावेश गरिनु पर्ने बताउनु भयो । का लागि लोक नृत्य विशेषज्ञ तथा प्रशिक्षक रोचक थापा,ले बास्तवि लोक नृत्य संरक्षण सवै मिलेर गर्नु पर्ने भन्दै कार्यशालाले केहि भएपनि योगदान दिएको बताउनु भयो ।

कार्यक्रममा मनिष पन्थ,लालमणि श्रेष्ठ, मिना बुढाथोकि, डिल्ली नारायण पाण्डे लगाएत ले बोल्दै तिनैतहका सरकारले कला सस्कृतिको संरक्षणमा सहयोग गर्नु पर्ने भएपनि त्यसमा ध्यान जान नसक्नु दुखद भएको बताउनु भयो । कार्यक्रममा लुम्विनि प्रदेशका जिल्लाहरुबाट ६० जना नृत्य प्रशिक्षक हरुको सहभागिता रहेको थियो । कार्यक्रम नृत्य प्रशिक्षक संघ लुम्विनिका अध्यक्ष लोकेन्द्र शाहाको अध्यक्षता संघका जिल्ला सल्लाकार डिल्ली नारायण पाण्डेको संचालनमा सम्पन्न काक्रमा कार्यशालामा सहभागि र कलाकेन्द्रका कलाकार हरुले विभिन्न किसिमका नृत्य प्रस्तुत गरेका थिय ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.