उप-राष्ट्रपति सहित नौ जना सवार एउटा विमान बेपत्ता

 

मलावीका उप-राष्ट्रपति साउलोस चिलिमासहित नौ जना सवार एउटा विमान बेपत्ता भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङवेबाट निस्किएपछि राडारबाट बाहिर गएको गए पछि सम्र्पकमा नआएको बताइएको छ ।
सो विमान स्थानीय समय अनुसार बिहान १० बजेपछि देशको उत्तरमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि तय गरिएको थियो । मलावीका राष्ट्रपति लाजरस चकवेराले सम्बोधन गर्दै खोजी तथा उद्धार कार्य जारी रहेको बताउनु भएको छ ।
विमान बेपत्ता केकति कारणले भयो अहिलेसम्म थाहा नभएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । चिलिमा तीन दिनअघि निधन भएका पूर्व क्याबिनेट मन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न जाँदै हुनुहुन्थ्यो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.