बुटवलमा कार दुर्घटनामा ३ को मृत्यु दुइ घाइते

बुटवल, जेठ ३०। पाल्पाको तिनाउ गाउँपालिका-२ नुवाकोटबाट बुटवल फर्किँदै गरेको निजी कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार दुर्घटनामा परी २ जना घाइते भएका छन्।
नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको सेलेरीयो कार बुटवल १३ जितगढी बुटवल भ्युपौइन्ट निर सडकदेखि करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनमा परी मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार घर भई हाल बुटवल उपमहानगरपालिका-१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा (छविलाल), तिलोत्तमा-३ की ५७ वर्षीया आशा श्रेष्ठ र सोही ठाउँकी ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते उनीहरुलाई उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरु संगै एसएलसी दिएका ब्याजीहरुको भेला बुटवलमा सम्पन्न गरेर नुवाकोट घुम्न गएका थिए । यसैगरी दुर्घटनामा परी बुटवल उपमहानगरपालिका-९ बस्ने चन्द्रा श्रेष्ठ र बुटवल-११ बस्ने लक्ष्मीता श्रेष्ठ घाइते भएको उहाहरुको बुटवल स्थित लुम्विनि प्रादेशिक हस्पीतलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि ज्यान गुमाएका शर्मा निजी क्षेत्रका कुशल बजार ब्यवस्थापक हुन्। लामो समय निजि क्षेत्रको बजार ब्यवस्थापन समालेका शर्मा चाउचाउको ब्यवस्थापनमा र पछिल्लो केही समय यता मसला उद्योगको बजार ब्यवस्थापनमा सक्रिय थिए । बिभिन्न सामाजिक र ब्यवसायीक संस्थाहरुमा सक्रिय शर्मा उद्योगबाट उत्पादीत उत्पादनको बजारीकरणमा अब्बल ब्यवस्थापक मानिन्छन्।
रमपम चाउचाउ हुदै लाली चाउचाउको बजारीकरण र ब्यवस्थापनमा उनले आफुलाई राष्टिय स्तरमै पहिचान दिन सफल भएको उनलाई नजिकबाट चिन्नेहरु बताउछन्। शर्मा पछिल्लो समय यसोदा फुड्समा कर्पोरेट म्यानेजरको रुपमा कायरत थिए।
दुर्घटना बुधबार साँझ करिब ९ बजे को समयमा भएको थियो । दुर्घटना के कति कारणले भएको भन्ने बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.