हुंगेली सम्पर्क समाज रुपन्देहीको नयाँ नेतृत्व चयन,अध्यक्षमा नारायण भण्डारी

असार १
बुटवल । हुंगेली सम्पर्क समाज रुपन्देहीले नारायणप्रसाद भण्डारीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। बुटवलमा भएको साधारणसभाले उपाध्यक्षमा खिमानन्द भण्डारी, मुक्ति भण्डारी र गिरिराज पाण्डे, महासचिव धनबहादुर राना, सचिव लेखनाथ भण्डारी, हरिप्रसाद भण्डारी र सिता भण्डारी,सहसचिवमा केशरमणि भण्डारी र प्रेम बहादुर सुनार, (हुकुम )कोषाध्यक्ष थानेश्वर भण्डारी र सहकोषाध्यक्षमा पिताम्बर सुवेदीलाई चयन गरेको हो।


सदस्यहरू रामप्रसाद खराल श्रीराम भण्डारी रामप्रसाद भण्डारी, डिल्लीराज  भण्डारी, भगवती अर्याल, राधा भण्डारी, श्रीराम भण्डारी, टिकाराम भण्डारी, गीता भण्डारी रहनुभएको छ।
यस्तै रामप्रसाद खराल,बुद्धिबहादुर थापा, पदमपाणी सुबेदी, दयानिधि भण्डारी, ऋषिराम सुवेदी, मनिराम भण्डारी, शंकर राना र लक्ष्मी भण्डारी पनि सदस्य बन्नुभएको छ ।
संस्थाका निवर्तमान अध्यक्ष बिष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव धनबहादुर रानाले गर्नु भएको थियो। बन्दसत्रले अध्यक्ष बिष्णुप्रसाद भण्डारीको र कोषाध्यक्ष थानेश्वर भण्डारीको प्रतिवेदन पारित गरेको थियो।
साधारणसभा कार्यक्रममा छत्रकोट गाउँपालिका-१का अध्यक्ष घनश्याम न्यौपानेले हुंगेली सम्पर्क समाज ले रुपन्देही र गुल्मीको विकासमा समेत योगदान पुर्याएको बताउनुभयो ।
पूर्व वडाध्यक्ष धातान्द भण्डारीले हुंगाबाट रुपन्देहीमा बसोबास गरेका हुंगेलीहरुले समाजसेवामा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।


जिविस समन्वय समिति गुल्मीका सदस्य महेश्वर भण्डारी, संस्थापक अध्यक्ष पारसमणि भण्डारी, वरिष्ठ पत्रकार तथा लेखक रामकृष्ण भण्डारी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि,(माधव) भण्डारी, लालमणि सुवेदी, हुंगाका पूर्ववडासदस्य भिमलाल न्यौपाने, मोति भण्डारी, खिमानन्द भण्डारी, गिरिराज पाण्डे, भगवती अर्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा समाजले आजिवन सदस्य र विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरेको थियो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष नारायण भण्डारीले हुगेलि समाज लाइ संस्थाको उद्धेश्य अनुरुप काम गरेर सम्र्पक समाज मध्येको अब्वल संस्था बनाउने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रम कलाकार एलिसा सुवेदि र इन्दिरा सुवेदिले नृत्य प्रस्तुत गरेका थिय ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.