बुटवलको डेल्टा एजुकेशन मार्टमा पाच घण्टापछि नियन्त्रणमा आएपनि मार्ट पूणर् रुपमा जलेर ध्वस्त

भिडियो सहित

रुपन्देहि असार ७
बुटवलको डेल्टा एजुकेशन मार्टमा विहिवार साँझ सात बजेदेखि लागेको भिषण आगलागी झण्डै पाच घण्टापछि नियन्त्रणमा आएपनि मार्ट पूणर् रुपमा जलेर ध्वस्त भएको छ । बुटवल उपमहानगरपालिका सहित सहित वरिपरीका आठ वटा दमकल प्रयोग गर्दा मार्टमा लागेको आगो समयमै नियन्त्रण हुन नसक्दा मार्ट जलेर नस्ट भएको हो । जसोतसो वस्ती त जोगियो तर मार्ट पूणर् रुपमा जलेर खरानी भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक (एसपी) रंजितसिंह राठौरका अनुसार क्षतिको एकिन विवरण अझै आइसकेको छैन् । तर, करोडौँको क्षति भएको आकलन गरिएको छ । आगो नियन्त्रणका लागि छिमेकी तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगरपालिका भैरहवा, देवदहे नगरपालिका, नवल परासिकासुनवल नगरपालिका, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र शिवराज नगरपालिका कपिलवस्तुका दमकल प्रयोग गरिएको थियो ।
तीन तलाको मार्टको माथिल्लो तलाबाट आगो लागेको थियो ।

विद्युत्त सर्ट भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र, ठुलोमा संख्यामा स्थानीयबासी लगायतको सहयोगबाट बस्तीमा आगो जानबाट जोगिएको छ । बुटवल उपमहानगरपालिका-८ स्थित मिलनचोकमा रहेको उक्त मार्टमा शैक्षिक सामग्री सहित जुत्ताचप्पलको मेला लाग्ने गर्दर्थो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.