जनता समाजवादी पार्टी सरकारबाट बाहिरीयो

 

बुटवल, ९ असार । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य कार्यान्वयन गरेको जनाएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आज विज्ञप्ति जारी गर्दै आजका मिति देखि नै प्रतिपक्ष दलको भुमिकामा बस्ने निणर्य भएको जानकारी गराउनु भएको छ ।
यसअघि गत जेठ ५ गते बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको ले थियो । सोही अनुसार संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था भए बमोजिम जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दललाई समेत सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन पार्टीले दिइसकेको विज्ञप्तिमा उल्लेख गरीएको छ ।
पार्टीका दुईजना प्रदेश सभा सदस्यमध्ये भण्डारीललाल अहिर र आदेश अग्रवालले भने अशोक राई नेतृत्वको जसपा रोज्नुभएको थियो । अहिर प्रदेश सरकारका कृषि मन्त्री हुनुहुन्छ । तर उक्त दलबारे सर्वोच्चमा मुद्दा विचाराधीन छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.