लायन्स क्लव अफ बुटवल सिद्धार्थमा मोहन विक्रम प्याथ

 

बुटवल । लायन्स क्लव अफ बुटवल सिद्धार्थमा नयाँ नेतृत्प चयन भएको छ । वर्ष २०२४-२५ को लागि मोहन विक्रम प्याथ को अध्यक्षतामा क्लवमा नयाँ नेतृत्व चयन भएको हो । क्लवको नयाँ पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष राजु भारी, द्धितीय उपाध्यक्ष इन्दु भट्टराई, तृतीय उपाध्यक्ष दिनेशमणि सुवेदी रहनु भएको छ ।


यस्तै सचिव सुर्दशन खनाल, कोषाध्यक्ष रामजी ज्ञवाली, सह सचिव एकराज पौडेल (समिर), सहकोषाध्यक्ष तेजप्रसाद पौडेल (राजु), जनसम्पर्क अधिकृत सुन्दर श्रेष्ठ, संगठन विभाग प्रमुख पूणर्चन्द्र सुवेदी रहनुभएको छ । यसैगरी क्लवको निवर्तमान अध्यक्ष नारायण विक्रम कुँवर, संस्थापक अध्यक्ष श्रीकान्त सुवेदी, पूर्वअध्यक्षहरु भोजराज पोखरेल, ओम बहादुर थापा, निर्देशकहरुमा कृष्ण ज्ञवाली, रुद्रलाल भण्डारी, लोचन गौतम, बासुदेव सुवेदी, छबिलाल अर्याल रहनुभएको छ ।
क्लवको सचेकमा छविलाल भुसाल (शिव), टेमर नरेन्द्र लम्साल तथा सक्रिय सदस्यमा हरिप्रसाद वस्ती, डा. मनोज कुसवाह, रमेश गौतम, जनार्दन तिवारी, डोलराज गैरे, सेमबहादुर गुरुङ्ग, कविता गौतम, सुजित भारी, पुनम पुन, विष्णुप्रसाद पाण्डे रहनुभएको छ ।


क्लवको नयाँ नेतृत्वलाई पद हस्तान्तरण समारोहमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक गर्भनर अर्जुनमान सैंजुले जुझारु नेतृत्व चयन भएकोले वर्ष २०२४-२५ मा थप रचनात्मक क्रियाकलाप हुने विश्वास व्यक्त गर्नुभयो । लायन्स क्लव जहाँ दुख्छ, त्यहाँ पुग्छ भन्ने मान्यताको आधारमा सञ्चालन रहने संस्था भएकोले सामाजिक कार्यलाई अझैं रचनात्मक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रथम भिडिजि बालाराम भट्टराइ ,सन्दीप कसौधन लगायतले बोल्दै संस्थाले एकवर्षमा गरेका सामाजिक कार्यको सरहना ब्यक्त गर्नुभयो । कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण कुँवरले अध्यक्ष मोहनबिक्रम प्याथ लाइ र सचिव सुन्दर श्रेष्ठले सचिव सुर्दसन खनाललाइ र कोषध्यक्ष रमेश गौतमले रामजि गौतमलाइ पद तथा माइन्युट हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमका अध्यक्ष नारायण कुवरले आप्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने संस्थाका पदाधिकारी,सदस्य लगायत सवैलाइ धन्यवाद दिनुका साथै मायाको चिनो समेत हस्तान्तरण गर्नु भएको थियो ।


यस्तै नवनिर्वाचित अध्यक्ष प्याठले सबैको सुझाव, सल्लाहको आधारमा आफू अघि बढ्ने बताउनुभयो । उहाँले क्लवका कामलाई प्रभावकारी बनाउन उस्तै प्रकृतिका क्लवहरु मिलेर सामाजिक उत्तरदायित्वका कामहरु गर्न सकिने बताउनुभयो । नवनिर्वाचित प्याठ पेशाले व्यवसायी हुनुहन्छ । उहाँको बुटवल सुख्खानगरमा एम.बि. काष्ठकला एण्ड हस्तकला नामको उद्योग रहेको छ । उहाँको उद्योगले परम्परागत नेपाली मौलिख कलाको संरक्षण र प्रवद्र्धनमा काम गर्दै आउनुभएको छ । कार्यक्रमको पहिले सत्र नवराज कुवरको अध्यक्षता सुन्दर श्रेष्ठको संचालनमा र दोस्रो सत्र अध्यक्ष मोहन विक्रम प्याथ र सचिव सुर्दशन खनालको संचालनमा सम्पन्न भएको थियो ।

Comments

comments