भोटेकोशी जलविद्युत् ढलानमा पुरिएका दुई मजदुरको शव फेला

 

असार २२ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ मा निर्माणाधीन भोटेकोशी-१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । गए राति देखनै उद्धारकार्य थालिए पनि आज दुवै मजदुर मृत भेटिएका हुन् ।
आयोजनाको डिसेन्डर कभर स्ल्याबमा भत्किदा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु रहेका छन् । उनीहरुको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू पुरिएकाले समयमै उद्धार गर्न नसकिएको उहाँले बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.