भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर बीभत्स हत्या

 

भारतको मेघालयमा ४ जना नेपालीको घाँटी रेटेर हत्या भएको खबर आएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको हो । शनिबार उम्प्लेङ बजार पछाडि चार शव फेला परेको त्यहाँको प्रहरीले जनाएको छ । पूर्वी जैन्तिया हिल्स (ईजेएच) मा स्थानीय अधिकारीहरूले विशेष अनुसन्धान टोली (एसआईटी) मार्फत घटनाको छानबिन गरिरहेको बताएका छन् ।
सो बीभत्स घटना मेघालय राज्य अन्तर्गत सुतंगा जयन्तिया हिल्समा भएको हो । भारतीय सञ्चारमाध्यमहरूले पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर उनीहरूको हत्या भएको हुन सक्ने बताएका छन् । प्रहरी उपरीक्षक, ईजेएचका गिरी प्रसादले घटनाको पुष्टि गर्दै एसआईटी गठन गरी अपराधको अनुसन्धानलाई तीव्रता दिइएको जानकारी सञ्चार माध्यमलाई दिएका छन् ।
हालसम्म प्राप्त विवरणअनुसार मृत्यु हुनेमा नेपालको इलाम घर भएका रवि राई पनि छन् । अन्य को सनाखत हुने सकेको छैन । सुरक्षा अधिकारीहरुका अनुसार शवहरू हात बाँधिएको र धेरै चोटका दागहरूसहित फेला परेका थिए । घटनाको प्रकृति हेर्दा क्रूर र पूर्वनियोजित आक्रमणको संकेत रहेको सुरक्षा अधिकारीहरुले भनाइ छ ।
घटना एकै दिन र एकै ठाउँ भएको हो कि होइन भन्ने अझै स्पष्ट खुल्न सकेको छैन । फरक समय र फरक ठाउँमा हत्या गरेर एक ठाउँमा ल्याएर शव फालेको हो कि एउटै घटना हो भन्ने विषय अन्योलमै रहेको बताइएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.