अभिरल वर्षा हुँदा ठुलो जनधनको ,२४ घण्टामा बाढी-पहिरोमा परीक्षति,नौ जनाको मृत्यु

 

काठमाडौ उपत्यकासहित देशका विभिन्न भूभागमा अभिरल वर्षा हुँदा ठुलो जनधनको क्षति भएको छ । सुक्रबार रातिदेखि परेको बर्षा रोकिएको छैन । अझै केहिदिन बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विगत २४ घण्टामा बाढी-पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता छन् । यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।

पहिरोले पुरिएर स्याङ्जामा शनिबार दुई जना, पर्वतमा दुई जना र काभ्रेमा दुई काठमाडौँमा एक जना, जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका-११ मा खोला तर्ने व्रmममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको हो । शनिबार साँझ भ्याकुरे खोला तर्ने व्रmममा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी पाँच वर्षीया भदै सेतीमाया रुजाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
त्यस्तै तनहुँको ऋषिङ गाउँपालिका-१, झापुटारमा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको र शुक्लागण्डकी नगरपालिका-१३, काउरेमा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । काउरेका ४० वर्षीय हीरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएको र खोजी जारी रहेको जनाएको छ ।
खोलाले बगाएर दाङमा एक जना, पर्वतमा दुई जना र दोलखामा एक जना गरी सात जना बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै पहिरोले तनहुँमा पुरिएर चार जना, गुल्मीमा एक जना र ओखलढुङ्गामा दुई जना गरी सात जना घाइते भएका छन् । काठमाडौँको नागार्जुनमा पहिराले रेस्टुरेन्ट पुरिँदा गोरखाका मनोज विकको मृत्यु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.