बेपत्ता भएका दुईवटा बस फेला नपरेपछी ,गोताखोर टोलीले खोजी थाले, भिडियो सहित

 

असार २८
त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला नपरेपछी अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् ।


पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला परेका छैनन । बसमा ६५ जना सवार रहेको बताइएको छ । नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेको बताइको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भएको बताउनुभयो । त्रिशूलीमा जलसतह उच्च बहाव तिव्र भएकाले खोजीमा समस्या भएको जनाइएको छ । हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.