बस अझै भेटिएनन् आज पनि खोजी कार्य सुरु ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने

 

बुटवल असार ३०
– भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई वटा बस अझै फेला परेका छैनन् । अहिले सम्मको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु गरीएको छ । खोजी कार्यमा नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरी गरि ५ सय बढी सुरक्षाकर्मी खटिएका छन् । अहिले घटनास्थल र तल तिर सबै सम्भावित स्थान हरूसगै देवघाटमा समेत.खोजी कार्य जारी गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवदले जानकारी दिनुभयो । बस फेला नपरेपछि आजबाट ठुलो चुम्बक (म्याग्नेट) को प्रयोग गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी अब ठूलो म्याग्नेटको सहायताले खोजी गरिने जानकारी दिएको हो । घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठूलो म्याग्नेटको सहायताले खोजी गर्न लागिएको हो । शनिबार बेपत्ता यात्रीमध्ये अहिले सम्म तीनजनाको शव भेटिएको छ । शुक्रबार काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३-००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परी त्रिशूलीमा खसेका थिए। काठमाडौंबाट गौर आउँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बसमा सवार २४ जना थिए।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.