आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ४५औँ प्रधानमन्त्री नियुक्त हुदै

 

बुटवल असार ३०

आज राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ४५औँ प्रधानमन्त्री नियुक्त गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मत पाउन नसके पछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो ।
राष्ट्रपति पौडेलले आज साँझ ५ बजेसम्म नेपालको संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिनुभएको थियो ।
शुक्रबार राति नै एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरिसक्नु भएको छ । आज ओली प्रधानमन्त्री नियुक्त हुने र सोमबार शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.