रुकुम पश्चिममा बाढीले बगाउँदा तीनजना बालबालिकाको मृत्यु, ७ घाइते

 

बुटवल साउन १
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१२, मा गएरातीको अबिरल वर्षाका कारण आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको छ । तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले स्थानीयका केही घर बगाउँदा तीनजना बालबालिकाको मृत्यु भएको हो ।
बाढीमा परि मृत्यु हुनेहरुमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको प्रहरीले जनाएको छ । घटनामा परेर स्थानिय डिल्ली बहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ ।
त्यस्तै बाढीबाट अन्य ७ जना व्यक्ति घाइते भएका छन् । घाईते हुनेमा १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहनुभएको छ ।
आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले बगाउँदा सिङ्गो बस्ती जोखिममा परेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.