काठमाडौ साउन १
नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
दुईबीच आज मंगलवार परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।सो अवसरमा नेपाल-भारतबीचको आपसी सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राणाले सोमवार मात्रै परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हानुभएको हो । नेपालमा सत्ता परिवर्तन पछि भएको भेटलाइ महत्वका साथ हेरिएको छ । चुच्चेनक्सा निकालेर चर्चाकमाएका केपि ओलिको नेतृत्वमा सरकार बने पछि भारतले यसलाइ कसरी लिन्छ भन्नेमा आम चासो रहेको छ ।