बुटवलमा कोरा २०२४ तयारी पुरा,साईकलमार्फत पर्यावरण जोगाउने र पर्यटन प्रर्वद्धनको उदेश्य

 

बुटवल, ४ साउन । साईकलमार्फत पर्यावरण जोगाउने र पर्यटन प्रर्वद्धनको उदेश्यका साथ बुटवलमा कोरा २०२४ हुने भएको छ । ‘साईकल चलाऔ, स्वस्थ्य र पर्यावरण जोगाऔ’ भन्ने मुल नारासहित बुटवल साईकल ग्रुपको आयोजनामा बुटवल युनाईटेड साईक्लिङ क्लब, साईकल सिटि बुटवल, ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लबको सहकार्य र मुख्य प्रायोजकका रुपमा जिटिए साईकल र मणिमुकुन्द कलेजको सहयोगमा साउन ५ गते सचेतनामुलक ‘बुटवल कोरा २०२४, माई कोरा च्यालेन्ज’ कार्यक्रम हुन लागेको हो ।

बुटवलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको सम्पूणर् तयारी पुरा भएको बुटवल साईक्लिङ क्लबका अध्यक्ष शिव चौधरीले बताउनुयो । कोरा शब्दको शाब्दिक अर्थ कुनै पनि पवित्र उदेश्यका साथ आफनो क्षेत्रमा रहेका धार्मिक पर्यटकिय स्थलहरुको दाहिने पारेर गोलाकार रुपमा साईकलमा एक फन्को घुम्ने भन्ने हुदा पनि त्यसै अनुसार रुपन्देहीका ३ पालिकाहरुको महत्वपूणर् धार्मिक पर्यटकिय स्थलको परिक्रमा गरिने उहाले बताउनुभयो । यसैगरि कार्यक्रममा नै विभिन्न साइकल इभेन्ट समेत आयोजना हुने उहाकोले बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश साईक्लिङ संघका अध्यक्ष स्वस्तिक श्रेष्ठले केही अभियन्ताहरुबाट शुरु भई अहिले विश्वका अधिकास देशहरुमा यो हुने गरेको बताउनुभयो । जुलाई २० तारिकका दिन विश्वभर नै यो महत्वपूणर् साईकल रयाली पर्वको रुपमा मनाइदै आएको भन्दै कोरा साईकलमार्फत भातृत्व विकास र पर्यावरण संरक्षणको महत्वपूणर् अभियान भएको बताउनुभयो । साईकल साहसिक खेलका रुपमा रहेको भन्दै नया र युवा खेलाडी उत्पादन गर्ने गरि संघको योजना रहेको उहाको भनाइ छ । कोरा कार्यक्रमबाट बुटवलबाट एक जना मृगौला ट्रान्सप्लान्ट गरेकी भैरहवाका आयुषा पाण्डेलाई नगद ४६ हजार रुपैया, नेपालगंज शाखामार्फत १० हजार रुपैया सहयोग गरेको स्मरण गर्नुभयो ।

कार्यक्रममा मणिमुकुन्द कलेजका क्याम्पस प्रमुख टुक बहादुर क्षेत्रीले खेल विकासमा सरकारसंगै नीजि क्षेत्रको लगानी जरुरी रहेको बताउनुभयो । विगत लामोसमयदेखी कलेजबाट भलिबल, बास्केटबल, साईकलका विभिन्न ईभेन्टमा सहकार्य गरेको भन्दै यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । विद्यार्थीहरुमा शैक्षिकसंग खेलकुद महत्वपूणर् पाटोका रुपमा हुने उहाको तर्क थियो । यसवर्ष कोरामा दुई सय ५० बढी साईक्लिष्टहरु सहभागी हुने कार्यक्रम आयोजनाका गर्न विभिन्न ब्यवसायीक प्रतिष्ठान, खेलप्रेमी तथा सामाजिक संघसंस्थाहरुबाट सहयोग भएको छ ।
कार्यक्रममा क्लबका उपाध्यक्ष चन्द्र सुवेदी, सचिव धनु जिसीले मणिमुकुन्द कलेजबाट शुभारम्भ भएर श्रृगेश्वरधाम, योगीकुटी, मिलनचोक, हिलपार्क, चरङे, धागोकारखाना, कालिका कलेज, योगीकुटी तपाहा, शंकरनगर बनबाटिका, मणिग्राम, गरगरे, फर्साटिकर, नरेनापुर मन्दिर, पिसपार्क ढवाहा, जितगढी किल्ला, जलबिनायक मन्दिर, दुर्गामन्दिर, गोलपार्क, ट्राफिक चोक, कालिकापथ हुदै योगीकुटी पुनः मणिमुकुन्द कलेज परिसरमा कार्यक्रम समापन हुने बताउनुयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.