महिला एशिया कप टी-२० क्रिकेटमा नेपालको ऐतिहासिक जीत

 

महिला एशिया कप टी-२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत हात पारेको छ ।
महिला एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो ।
यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पराजित गर्न नेपालकी सम्झना खड्काले उत्कृष्ट योगदान दिइन ।
नेपालको उत्कृष्ट प्रदर्शनमा सम्झनाले अविजित ७२ रन जोडिन । सम्झनाको अन्तराष्ट्रिय प्रतियोगितामा यो पहिलो अर्ध शतक हो । नेपालकी कप्तान इन्दु बर्माले ३ विकेट लिइन । यस अघि टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । महिला एशिया कप टी-२० क्रिकेटमा नेपालले ऐतिहासिक जीत हात पारेको छ । आज भएको उद्घाटन खेलमा नेपालले यूएईलाई ६ विकेटले हरायो । प्रतियोगितामा तेस्रो पटक सहभागिता जनाएको नेपालको यो पहिलो जित हो । नेपाल र यूएईको खेलपछि आजै भारत र पाकिस्तान खेल्दैछन् । आजदेखि शुरु भएको नवौँ संस्करणको महिला एशिया कप प्रतियोगिताको फाइनल खेल आउँदो जुलाई २८ मा हुनेछ ।
यूएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालकी ओपनर ब्याटर सम्झना खड्काले अर्धशतक बनाइन् । उनले ४५ बलमा नट आउट ७२ रन जोडिन् । यूएईकी कविशा इगोदागेले ३ विकेट लिइन् ।
यसअघि श्रीलङ्काको दम्बुलामा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो । यूएईकी खुशी शर्माले ३६, कविशा इगोदागेले २२ रन बनाइन् । नेपालकी कप्तान इन्दु बर्माले ३ तथा सबनम राई, कृतिका मरासिनी र कविता जोशीले समान १ विकेट लिइन् । नवौँ संस्करणको प्रतियोगिता यस पटक चार टेस्ट र चार एसोसिएट गरी आठ वटा देश सहभागी छन् । एशिया कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपाल, यूएई, भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्कासहित, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.