प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत आइतबार लिने

 

कार्यव्यवस्था परामर्श समितिको बैठकलेआइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निणर्य गरेको छ । बैठकलले साउन १५ गते भित्रमा ६ वटा प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने निणर्य पनि गरेको छ ।
आज सिंहदरबार बसेको बैठकले साउन ६, ७, ८, १३, १४ र १५ गते प्रतिनिधि सभाको बैठक बस्ने निणर्य गरेको हो । ६ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीले ७ गते प्रत्यक्ष प्रश्नोत्तर गर्ने, ८ गते मन्त्रालय गत प्रश्नोत्तर गर्ने कार्यतालिका समय समेत तय गरेको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले परामर्श समितिका साथै विभिन्न विषयगत तथा संसदीय समितिमा रिक्त भएका पदका लागि तत्काल नाम सिफारिस गर्न ध्यानाकर्षण गराउनुभएको बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभयो । यस अघि सभामुख घिमिरेले मुख्य सचेतकका साथै सचेतकहरुसँग पनि छलफल गर्नुभएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.