एमालेले संसदीय दलका उपनेता आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने

 

साउन ७
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ ।
नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई अघि बढाउने निणर्य गरेसँगै आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी छ ।
‘मुख्यमन्त्रीमा दलका उपनेता चेतनारायण आचार्यलाई अघि बढाउने निणर्यानुसारे आज ५ बजे दाबी पेश हुने प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताउनु भयो ‘केन्द्रको निणर्यानुसार मुख्यमन्त्रीमा दलका उपनेता आचार्यलाई अघि बढाउने कुरा भएको सचेतक चौधरीले बताउनु भयो ं ।
यसअघि संसदीय दल नेता लिला गिरी मुख्यमन्त्री बन्ने जानकारी गराइए पनि अन्तिममा आएर मुख्यमन्त्रीको उम्मेदवार फेरिएको छ ।
आचार्यको नेतृत्वमा सरकार बनाउने निणर्य भएको एमाले संसदीय दलका प्रमुख सचेतक चौधरीले जानकारी दिनुभएको छ ।
अर्घाखाँची निर्वाचित क्षेत्र १ (१) बाट निर्वाचित सांसद आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हुनुभएको थियो ।
त्यसपछि लिला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री माओवादी नेता जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री हुनुभएको थियो ।
प्रदेश प्रमुखले सरकार बनाउन आज साँझ साढे ६ बजेसम्मको समय दिनुभएको छ । साढे ५ बजे प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेश गर्ने तयारी छ । उता दलका नेता लिला गरीले योनिणर्य प्रति असन्तुष्टी जनाउनु भएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.