एमाले संसदीयदलका उपनेता आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

रुपन्देहि साउन ७
एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त


लुम्बिनी प्रदेशसभामा एमाले संसदीयदलका उपनेता चेतनारायण आचार्य प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
प्रदेश प्रमुख कार्यालयले संबिधानको धारा १६८ (२) बमोजिम आचार्यलाई मुख्यमन्त्री पदमा नियुक्त गरिएको जनाइएको छ । यस अघि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र एमाले उपनेता सहितको टोली प्रदेश प्रमुखको कार्यालय पुगेर आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी प्रस्तुत गर्नुभएको थियो । मुख्यमन्त्रीको सपथ बुधबार मात्रै हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले आजै सपथ गर्न आग्रह गरेपनि दलहरुले मन्त्री छनोटकालागी समय माग गरेकाले बुधबार मात्रै हुने भएकोहो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.