१९ जना यात्रु सवार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा,उद्धारको जारी

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । आज बुधबार बिहान ११ बजे दुर्घटनामा परेको उक्त विमानमा १९ जना यात्रु सवार थिए ।

उक्त विमान ५० सिट क्षमताको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँबाट पोखराका लागि प्राविधिक मर्मतको लागि उडान गर्ने वित्तिकै दुर्घटनामा परेको हो।
सौर्य एयरलाइन्सको बोम्बाडियर सीआरजे २०० जहाज ४१ हजार फिट उचाईसम्म उडान भर्न सक्ने क्षमता रहेको छ ।
जहाजले करिब ६ हजार केजी बोक्न सक्ने र प्रतिघण्टा ८६० किलोमिटरसम्म उड्न सक्ने क्ष्मताको भएको बताएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो ।
प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.