लुम्बिनीका मुख्यमन्त्री द्धारा पदभार ग्रहण

 

रुपन्देहि साउन ८
-लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्री चेतनारायण आचार्यले पदभार ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पदभार ग्रहण गर्दै मुख्यमन्त्री आचार्यले सुशासन प्रबर्द्धन र भष्ट्राचार न्यूनिकरणका लागि पाँच बर्षे रणनीतिक कार्ययोजना लागू गर्ने निणर्यमा हस्ताक्षर गर्नु भएको छ । राजनीतिक अस्थिरता अन्त्य गर्दै वर्तमान गठबन्धन सरकार सुशासन कायम गर्न, प्रदेशको औचित्य पुष्टि गर्नेगरि काम गर्न प्रतिबद्द रहेको बताउनु भयो । यो गठबन्धन सरकारलाई असफल हुने छुट नभएको भन्दै मुख्यमन्त्री आचार्यले जनताले प्रदेश सरकारको अनुभुती गर्नेगरी काम गर्ने बताउनु भयो । केही दिनभित्र मन्त्रीहरुको कार्यविभाजन गर्ने र मन्त्रिपरिषदलाई पूणर्ता दिने जानकारी गराउनु भयो । पदभार ग्रहण पछि प्रमुख सचिव महादेव पन्थ, सचिव तथा कर्मचारीहरु संग छलफल गर्दै मुख्यमन्त्री आचार्यले उच्च मनोबलका साथ जनताको पक्षमा काम गर्न निर्देशन दिनुभयो । मुख्यमन्त्री आचार्यले आजै बुटवलमा प्रदेश प्रमुख समक्ष सपथ ग्रहण गर्नु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.