पहिरोमा परी तीन किशोरीको मृत्यु,खोलाले बगाएर पुरुषको मृत्यु

 

बुटवल साउन ११
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुको पहिरे भन्ने स्थानमा बिहिबार रातिको पहिरोमा परी तीन किशोरीको मृत्यु भएको छ ।
स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका तिनै जनाकोे मृत्यु भएको हो । मृत्यु हुनेहरुमा १७ बर्षकी सिता तामाङ्ग, १४ बर्षकी आसिका तामाङ्ग र १३ बर्षकी लक्ष्मी तामाङ्ग रहेका छन् ।
स्थानीय गोपी तामाङ्गका अनुसार रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको हो । घट्ना लगत्तै स्थानीयहरु जम्मा भएर उद्धारमा जुटेका थिए ।
घट्नास्थलतर्फ गएको उद्धार टोलीलाई खिम्ति नजिकैको छत्तिवने खोलामा आएको बाढीले रोकेर घट्नास्थलसम्म जान कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक प्रदिप कुमार सिंहले बताउनु भयो
यस्तै गुल्मीमा खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-२ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ती खोला तर्ने क्रममा साउन ५ गते बेपत्ता भएका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको वडानम्बर- ४ दोभान स्थित छल्दि खोला किनारमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताउनुभयो ।
कार्की गत शनिबार बेलुकी इस्मा गाउँपालिका १ निस्ति खेतबाट फर्किएर निस्ति खोला तर्ने क्रममा बेपत्ता भएका थिए । मुसिकोट नगरपालिका वडानम्बर -१ अरेवा घर भई हाल वडानम्कर-२ निस्ति मामाघरमा बस्दै आएका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.