पुस्तक तथा स्टेशनरी ब्यवसायीलाइ नविनतम कर नीति तथा लेखा अभिमुखिकरण

 

बुटवल,साउन १२ । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा रूपन्देहीको आयोनामा नविनतम कर नीति तथा लेखा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । रूपन्देही जिल्लाका पुस्तक ब्यवसायीहरूलाइ सरकारले नयाँ आर्थिक बर्षमा परिवर्तित पछिल्लो कर नीति छुट र जरिवाना लगायतको बिषयमा प्रशिक्षण दिइएको हो ।


अभिमुखीकरणमा सहभागिहरुलाइ कर कार्यालय भैरहवाका प्रमुख धनिश्वर अर्याल,नेपाल अडिटर्स एशोसिएसनका केन्द्रिय सचिव नेत्र ज्ञवाली र नेपाल चाटर्ड एकाउन्टेन्ट संस्था बुटवलका अध्यक्ष सिए शिबहरि शर्माले पछिल्लो कर नीति तथा लेखा राख्ने तरिका ,बिल बिजकका बारेमा सहजिकरण गर्नुभएको थियो । सहजिकरकरण गर्दै कर कार्यालय भैरहवाका प्रमुख धनिश्वर अर्याल,ले ब्यवसायिहरुले ससना कुरामा नजर अन्दाज गर्ने र बढी अरुको भरपर्दा जरीवानामा पर्ने गरेको बताउदै राज्यले अवलम्वन गरेको करनिती पालना गरे ब्यवसायीहरूलाइ धेरै सहजहुने बताउनु भयो ।

कार्यक्रम सिए शिबहरि शर्मालसरकारले  धैरै नितिगत सुधार गर्नुपर्ने बताउनु भयो पुस्तक तथास्टेशनरी ब्यवसायि महासंघका जिल्ला अध्यक्ष गोपाल बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा वडा न ४ का वडाध्यक्ष नरिश्वर शर्मा पौडेल,महासंघका पुर्व केन्द्रिय अध्यक्ष तथा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्याल, महासंघका पुर्व केन्द्रिय अध्यक्ष कृष्ण पाण्डे, महासंघका पुर्व केन्द्रिय अध्यक्ष,सल्लाहकार मनहरि बस्याल, पुस्तक तथास्टेशनरी ब्यवसायि महासंघका लुम्विनि प्रदेश अध्यक्ष हेमानन्द शर्मा, निवर्तमान अध्यक्ष रामकृष्ण चापागाइ,रूपन्देही ब्यापार संघका उपाध्यक्ष प्रकाश ढकाल, महासंघका जिल्ला सचिव बालकृष्ण भण्डारी कर्यक्रम संयोजक मित्रबन्धु भण्डारी,विष्णु पाण्डे लगायतले बोल्दै अभिमुखिकरणले ब्यवसायीलाइ कर सम्वन्धि धेरै कुरा सिकाउनुका साथै अध्याबधिक गराएको बताएका थिए ।

महासंघले बार्षिक कार्ययोजना बैठकबाट ब्यवसायीका समस्या पहिचान गरेर थप नया कामको थालनि गरिने जिल्ला अध्यक्ष गोपाल बस्यालले बताउनु भयो । बक्ताहरूले सरकारले ब्यवसायिबाट सरकारले कर उठाउने बाहेक अन्य सहुलियतपुणर् कार्यक्रम नल्याएको साथै ब्यवसायीका समस्या बुझ्ने प्रयास समेत नगरेको गुनासो गरेका थिए । कार्यक्रममा सहभागी हरुले यसकिसिमका तालिम,सहजि करणले ब्यवसायगर्दा आउने समस्या समाधान गर्न सहज हुनुका साथै लेखा राख्ने तरिका ,बिल बिजकका बारेमा धेरैकरा सिकिएको बताएका थिय । कार्यक्रममा जिल्लाका ९० बढी ब्यवसायिको सहभागिता रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.