पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न दुइजर्ना पक्राउ

 

१५ साउन

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरिएको छ । जग्गा अर्थिक प्रलोभनका कारण पूर्वराज्यमन्त्री रामचन्दको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले रामचन्द्रको हत्याको आरोपमा उहाँकै घरमा सहयोगीको रुपमा काम गर्ने कविलासी नगरपालिका-३ का २५ वर्षीय राम उजैन राय र चन्द्रनगर गाउँपालिका-१ रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
मलङ्गवा नगरपालिका-४ स्थायी घर भएका ८१ वर्षीय पूर्वराज्यमन्त्री रामचन्द्रको साउन ७ गते राति चन्द्रनगर गाउँपालिका-१, रतनपुरस्थित फार्म हाउसमा हत्या भएको थियो । धान खेती गर्न रतनपुर पुगेका रायको उखु काट्ने धारिलो हतियार फर्साले टाउको विभिन्न भागमा प्रहार गरी सुत्ने कोठमा हत्या गरिएको थियो ।
रामचन्द्रको हत्याको मुख्य कारण जग्गासम्बन्धी विवाद रहेको प्रहरीले जनाएको छ । रामचन्द्रको चन्द्रनगर-१ रतपुरस्थित बनाएको दुईकोठे फार्म हाउसको जग्गा आफ्नो हो भनी छिमेकी वीरेन्द्र रायले पाउनुपर्ने माग गर्दै आएका थिए । प्रमाण जुटाउन नसके पछि वीरेन्द्रले पूर्वराज्यमन्त्रीका सहयोगी राम उजैनलाई प्रयोग गरेको प्रहरीले जनाएको छ ।
वीरेन्द्रले सहयोगीलाई झुक्याई उक्त जमिनको नक्साको भिडियो समेत बनाएको प्रहरी उपरीक्षक रबिन्द्रबहादुर सिंहले बताउनुभयो । रामचन्द्रलाई मारे मात्र जग्गा पाउने दाउमा रहेका वीरेन्द्रले सहयोगीलाई प्रयोग गरेको प्रहरीले जनाएको छ ।
केही दिन अगाडि वीरेन्द्रले सहयोगी राम उजैनलाई रामचन्द्रको हत्या गरेवापत रु दुई लाख र व्यवसायको लागि एउटा फार्म बनाइ दिन्छु भन्दै प्रलोभन दिएको प्रहरीले जनाएको छ । वीरेन्द्रको उक्साहट र प्रलोभनमा परी राम उजैनले राय एक्लै हत्या गरेको प्रहरीको भनाइ छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.