सामजिक दाइत्व पुरागर्दै छत्रगंज-रूपन्देही सम्पर्क समाज

 

हरेक सामाजिक क्रियाकलापमा छत्रगंज-रूपन्देही सम्पर्क समाज सक्रिय
साउन १७
पुर्खौलि जन्मघर छत्रदेब ५ अर्घाखाँची भइ हाल विभिन्न कामको सिलसिलामा अस्थााइ वा स्थाइ रुपमा रुपन्देहि बस्दै आएका हरुको संस्था छत्रगन्ज रूपन्देही सम्पर्क समाजले आप्नो जन्मभुमि छत्रगंजको बिकासका लागिको काम गर्दै आएको छ ।


हरेक महिनाको कार्ययोजना सहित कार्यक्रम गर्ने संस्था छत्रगन्ज रूपन्देही सम्पर्क समाजले आफ्नो कार्यक्षेत्र जन्मथलो छत्रगन्जमा संस्थाले बिभिन्न नमूना संस्था बनेको छ । गाउँका जनताको स्वास्थ्यको लागि स्वास्थ्य शिविर, वातावरणको लागि वृक्षारोपण, शिक्षाको निम्ती विद्यालयमा बालबालिका लक्षित जनचेतना सम्बन्धी होर्डिङ बोर्ड तथा विद्यालयको लागि आवश्यक सहकार्य पनि गरिरहेको कुरा सम्पर्क समाजका सचिव विराट पौडेललेले जानकारी दिनुभयो ।
छत्रगंज मात्र नभएर नियमित रुपमा बुटवलमा बर्षमा कम्तिमा २ पटक रक्तदान कार्यक्रम, तीजको अवसरमा दिदी बहिनीहरुलाई दर खुवाऊने कार्यक्रम, तिहारमा मौलिक देउसी भैलो, तथा विभिन्न चाडपर्वको अवसरमा यो संस्थाले नियमित कार्यक्रम गरिरहेको छ। हालै यही साउन ८ र १२ गते पनि श्री सार्वजनिक मा.वि., वडा कार्यालय, स्वास्थ्य चौकी, छत्रदेव रंगशाला लगायतका ठाउँहरुमा आँप, अम्बा, धुपी, क्रिस्मस ट्री, सफेदो, सिरिष फुल, लब्सी, टिमुर, स्वामी लगायत ३५० विरुवा रोपेको छ । वृक्षारोपण, कार्यक्रम छत्रदेव गाउपालिका ५ नं. वडा कार्यालयसंगको सहकार्यमा जनप्रतिनिधिलाइ सहभागि गराएर बृक्षारोपण सम्पन्न गरेको हो ।


२०७१ सालमा स्थापना भएको यो संस्थाका संस्थापक अध्यक्ष श्रीबहादुर रायमाझी हुनुहून्थ्यो भने अहिले संस्थाको अध्यक्ष अध्यक्ष सिद्दार्थ पन्थीरहनु भएको छ । ‘‘जि़म्मेवार छत्रगन्जवासी उत्तरदायी समाज’’ भन्ने नारा सहित संस्थाको लागि काम गरिरहेको अध्यक्ष पन्थीले जानकारी दिनुभयो । उहाले आफुहरु कामको शिलसिलामा रुपन्देहिमा बसोबास गरेपनि जन्मस्थान प्रतिको दाइत्व नविर्सेको आगामि दिनमा समेत नमुना योग्यकाम गर्दै जाने बताउनु भयो ।

 

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.