लायान्स रिजन १४को मेगा इन्डक्सन कार्यक्रम सम्पन्न

 

रुपन्देही । समाजसेवामा अगुवाई गर्ने प्रमुख दायित्वका साथ अगाडी बढेको लायान्स क्लब रिजन १४ को मेगा इन्डक्शन कार्यक्रम सम्पन्न भएको छ । सामाजिक क्षेत्रमा क्रियाशील लायन्स क्लब इन्टरनेशनल District 325P, Nepal अन्तर्गत Region 14 को Jointly Installation कार्यक्रम प्रमुख अथिति District Governor MJF Lion पुरुषोत्तम भक्त प्रधानांङ्गाको आतिथ्यतामा भब्य रुपमा सम्पन्न भएको हो ।

 

कार्यक्रम  लायन अर्जुमान सैजु,बालाराम भट्टराइ, सन्दिप कसौधन, महेन्द नाराण श्रेष्ठ नवराज न्यौपाने लगाएतले बोल्दै लायनले सामाजिक क्षेत्रमा गरेको योगदान अतुलनिय भएको बताउनु भएको थियो । उहाँहरुले यसक्षेत्रका हरेक लायन क्लवहरुले सामाजिक क्षेत्रमा अझबढी कामगर्नुपर्ने बताउनु भएको थियो । कार्यक्रम मा बोल्दै लायन्सका अथितिहरुले लायन्स क्लवको बारेमा प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा १५ जनाले नयाँ लायन्स सदस्यता को सपथ लिनु भएको थियो ।

लायन्स क्लवद्वारा समाजमा भएका गतिविधि ,महत्व, र प्रभावका बारेमा प्रष्ट पार्दै बर्ष 24/25 को सफलतपूर्वक सम्पन्न विश्वास व्यक्त गर्नु भएको थियो । त्यसै गरी कार्यक्रम को समापन अवसर मा बोल्दै अध्यक्ष्य लायन चिरञ्जीवी अधिकारीले लायन्सको आयाम, क्षेत्र, सेवा भाव, स्थापित मान्यता र गतिविधिको बारेमा प्रष्ट गर्दै लायन्सको भूमिका प्रस्ट्याउनु भएको थियो । कार्यक्रम विभिन्न सांस्कृतिक नाचहरु समेत प्रस्तुत भएको थियो । त्यसै गरी Zone Chairperson लायन ओम बहादुर थापा MJF को स्वागत मन्तव्य राख्नुभएको थियो भने Zone Chair Person लायन साधना भण्डारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । २१० देशमा फैलिएको लायन्स क्लवमा करिब चौधा लाख संक्रिय सदस्य छन । । लायन्स क्लबले लिएको छ । १5 जना विभिन्न क्षेत्रका ब्यक्तित्वहरूले लायन्सको सपथ लिइ सदस्यता ग्रहणा गर्नुभएको थियो ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.