लक्ष्य पूरा गर्न अहिलेदेखि लागौं अर्थमन्त्री पौडेल

काठमाडौं, साउन १८
उपप्रधानमन्त्री एवं अर्थमन्त्री वष्णिुप्रसाद पौडेलले चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले निर्धारण गरेको लक्ष्यहरुलाई पूरा गर्न अहिलेदेखि जिम्मेवारी बोध गरेर काममा लाग्न निर्देशन दिनु भएको छ ।
अर्थ मन्त्रालयमा आज आयोजति आर्थकि वर्ष २०८०र८१ को वार्षिक प्रगती समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले वार्षिक र आविधक रुपमा निर्धारण गरिएका लक्ष्यहरु पूरा गर्नका लागि आ(आफ्नो जिम्मेवारी अनुसार परिणाम निकाल्न निर्देशन दिनु भएको हो ।
उहाँले राष्ट्रिय महत्वका, गौरवका आयोजना र प्रतिफल दिने आयोजनाहरुलाई उच्च प्राथमकितामा राखेर काम गर्न निर्देशन दिनिुभयो ।


अर्थ मन्त्रालयले आर्थकि वर्ष २०८१र०८२ बजेट कार्यान्वयन कार्य योजना तयार परेको छ ।
अर्थ मन्त्रालयले अघल्लिो आर्थकि वर्षका लाग ि१७५ वटा माइलस्टोन निर्धारण गरेको थियो जसमध्ये ५१ वटा सम्पन्न भए भने ९६ वटा जारी अवस्थामा छन् । २८ वटाको काम सुरु हुन सकेन ।
बैठकमा राष्ट्रयि योजना आयोगका उपाध्यक्ष प्रा।डा शविराज अधकिारी, नेपालल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधकिारी, अर्थ सचवि डा रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे, अर्थ मन्त्रालय अन्तर्गतका निकाए र विभाग प्रमुखहरुले प्रगतीको समीक्षा गर्नुका साथै सुझाव दिनु भएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.