संविधान संशोधन अग्रगमनका लागि : प्रधानमन्त्री

 

काठमाडौँ, २० साउन । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गराउने बताउनुुभएको छ ।
नेकपा (एमाले) मा हालै मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको सपथ ग्रहणका लागि आज पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोसिस भएको जनाउँदै मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताउनुभएको हो ।
“लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन । हामीले कुलै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ । मानवकेन्द्रित मुद्धालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ ।
प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनतका लागि हुनुुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम र जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिनुुभयो । उहाँले वैचारिक र साङ्गठनिकरुपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको स्पष्ट गर्नुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.