राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

 

 

 

 

 

 

 

 

२०८१ साउन २० ललितपुरको जावलाखेलमा रहेको रातो मछिन्द्रनाथको पूजाआजा भोटो देखाउदै । तस्बिर : प्रदीपराज वन्त,

राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएकाे छ । ललितपुरको जावलाखेलमा आईतबार अपराह्न आयोजित भोटो जात्रामा सरिक भई राष्ट्रपति पौडेलले भोटो जात्रा अवलोकन गर्नुभएकाे हाे ।

राताे मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आईतबार राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाउनुभएकाे हाे । राष्ट्रपति पाैडेल भाेटाे जात्रा अवलाेकनका लागि जावलाखेल पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख, उपप्रमुखलगायतका अधिकारीहरू तथा गुठि संस्थानका पदाधिकारीहरूले स्वागत गर्नुभएकाे थियाे । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएकाे थियाे ।

भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरूकाे सहभागी रहेकाे थियाे । साथै भोटो जात्रा हेर्न आम नागरिकको उल्लेख्य सहभागिता थियो । भाेटाे जात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजानिक विदा दिएकाे छ ।

 

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.