जीवराज आश्रित बाट त्याग विचार र राजनीतिक संस्कार सिक्नु जरुरी छ

 

सिद्धान्त उत्कृष्ट बनाउने कार्यन्वय नगर्ने समस्या

साउन
मदन भण्डारी र जीवराज आश्रित लाइ गुमाउदाको पिडा देश जनताले अहिले पनि भोरिहेको एक र्काक्रमका बक्ता हरुले बताएका छन उनिहरुले भण्डारी आश्रित बाट अहिलेका समकालीन नेताहरुले त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी, रहेको पनि बताएका छन ।

अहिले पार्टिमा पदका लागि जे पनि गर्न तयार हुने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भएको छ । जीवराज आश्रितको ८१ औ जन्मजयन्तीका अवसर पारेर जीवराज आश्रित प्रतिष्ठान केन्द्रिय समिति र नेकपा एमाले रुपन्देहिको आयोजनामा बुटवलमा गरेको जातिय विभेद र समानताका सवालमा जीवराज आश्रितको दृष्टिकोण विषयक विचार गोष्ठीमा बोल्ने बक्ताहरुले सोकुरा बताउनु भएको हो । बक्ताहरुले पद प्राप्ति नै सबैथोक हो भन्ने प्रवृत्तिले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउने बताउनुभएको थियो ।


कार्यक्रममा नेकपा एमाले केन्द्रिय सचिव छविलाल विश्वकर्माले सिद्धान्त उत्कृष्ट बनाउने कार्यन्वय नगर्ने समस्या पार्टिरहेको बताउनु भयो । पुर्वमन्त्री समेत रहनु भएका विश्वकर्माले उहाँले पार्टिले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरागर्न पनि जीवराज आश्रितको संगठनात्मक पद्धतिमा हिड्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेकपाएमालेका पोलिटब्युरो सदस्य लिला गिरीले जातीय र उत्पीडित समुदायको मुक्त्ती निमित्त आश्रितले अपनाएको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउदै जात भन्दा माथि उठ्नुपर्ने उहाको भनाई छ । कार्यक्रमा नेकपा एमालेका लुम्विनि प्रदेश अध्यक्ष राधाकृष्ण कडेलले बर्गिय समानता संगै जातिय असमानता हटाउन सकिन्छ भन्ने आश्रितको दृष्टिकोण रहेको बताउदै हामिले उहाकै अनुसरण गर्नुको बिकल्प नरहेको बताउनु भयो । कार्यक्रममा जीवराज आश्रित स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं संरक्षक देवेन्द्र घिमिरेले,नेताहरुले मदन भण्डारी र जिवराज आश्रितलाई एउटै नजले हेर्न नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।

उहाले संविधानमा दुइ तहका नागरिक बनाइएको भन्दै संसोधन गरेरै भएपनि एकै तहका नागरीक बनाउन जरुररहेको बताउनु भयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डाक्टर मुरारी पराजुलीले स्वर्गीय आश्रितको जातिय समानताका सवालमा अतुलनिय योगदान रहेको बताउनु भयो । उहाले जातिय समानताका राजनीतिप्रतिको दृष्टिकोणलाई अहिलेको राजनीतिक नेतृत्वले कार्यान्वयन गर्न सक्ने हो भने मात्रै पनि मुलुक बर्गिय जातिय समानता अगाडि बढ्ने बताउनु भएको थियो । कार्यक्रममा नेकपा एमाले रुपन्देहिका अध्यक्ष यज्ञ गैरेले आश्रितको संगठनात्मक पद्धतिमा अगाल्न नसक्दा पार्टिमा समस्या आएको बताउदै संगठन ब्यबस्थीत बनाउन उहाको योगदान र कार्यशैलिलाइ अवलम्वन गर्नु पर्ने बताउनु भयो । उहाले स्वर्गीय आश्रितबाट अहिलेका समकालीन नेताहरुले त्याग र विचारको राजनीतिक संस्कार सिक्नु जरुरी रहेको पनि बताउनु भयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष युवराज घिमिरेले आश्रितको जिवन शैलिको को अनुकरण र कृतित्वको रक्षा गर्दै आम नेपालियुवा पुस्तामा हस्तान्तरण गर्ने र रचनात्मक ढंगबाट प्रतिष्ठानलाई अगाडि बढाउन आफुहरु लागि पर्ने बताउनु भयो । उहाँले तत्कालिन छानविन आयोगका संयोजक हालका प्रधानमन्त्री भएको बताउदै सामजिक परिवर्तनका संवाहक आश्रीत मदन भण्डारीको हत्या वा दुर्घटना केहो सत्यतत्थ्य बाहिर ल्याउन पनि सरकारलाइ आग्रह गर्नुभयो । कार्यक्रममा एमाले रुपन्देहिका सचिव चित्रबहादुर कार्कि प्रतिष्ठानका उपाध्यक्ष कल्पना थापा, लगायतले आश्रितको योगदानबारे चर्चा गर्नु भएको थियो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.