काठमाडौं । बंगलादेशमा आरक्षको आन्दोलन चर्केर हिंसात्मक बन्दै गइरहेको बेला प्रधानमन्त्री शेख हसिनाले पद त्याग गरेर देश छाडेकी छिन्। सेना प्रमुख जनरल वकार उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । सरकारी रोजगारीमा रहेको आरक्षण प्रणाली को विरोधमा आन्दोलनरत विद्यार्थीको आह्वानमा हजारौं मानिसहरु सरकारी निवासतर्फ अगाडि बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी हुन् । बंगलादेशको राजनीतिक घटनाक्रमपछि नेपालमा पनि उच्च सुरक्षा सर्तकता अपनाइएको छ। सशस्त्र प्रहरीले कोशी प्रदेशका क्षेत्रमा सुरक्षा बढाएको छ।