मनसुन पुनः सक्रिय , धेरै वर्षा हुने र बाढीपहिरोको जोखिम हुने भएकाले रेड अलट जार्री सर्तक रहन आग्रह

 

साउन २२
आजदेखि केहिदिन मनसुन पुनः सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै गए रातिबाट देशभर पानी परिरहेको छ ।
अहिले कोशी, बागमती ,मधेश र गण्डकी लुम्बिनी, प्रदेशका केही स्थानका साथै कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका सबै प्रदेशमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले हिजै विशेष बुलेटिन जारी गरेर मधेश र कणर्ालीबाहेक ६ प्रदेशका ३६ जिल्लामा रेड अलर्ट जारी गरेको थियो । यी क्षेत्रमा धेरै वर्षा हुने र बाढीपहिरोको जोखिम निम्ताउन सक्ने भएकाले रेड अलर्ट जारी गरिएको हो ।
लुम्बिनी प्रदेशका कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुराबैतडी , र डोटी जिल्लालाई पनि रेड जोनमा राखिएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.