स्वदेशी विद्युतको खपतले विदेशी मुद्रा संचिती समेत बढ्ने

 

साउन २६, बुटवल । विद्युतीय सवारी साधनको प्रयोगले वातावरणीय स्वच्छता कायम हुनुका साथै आर्थिक रूपमा व्ययभार समेत कम हुन जाने भएकाले विद्युतीय सवारीनै प्रयोग फइदा जनक हुने एक कार्यक्रमका बक्ताहरूले जोड दिएका छन् ।
पेट्रोलीयम पदार्थ आयातमा बर्षेनि अरर्वौ रकम बाहिरीदा ठुलो आर्थिक नोक्सानि बेहार्नु परेको भन्दै विद्युतीय सावारी उपयुक्त विकल्पक भएको उनीहरूले भनाइ छ । नेपाल विद्युत प्राधिकरणको ३९ औँ बार्षिक उत्सवको अवसरमा प्राधिकरण लुम्बनी प्रादेशिक कार्यालयबुटवलले आयोजना गरेको विद्युतीय सवारी साधनहरुको बृहत ऱ्याली समापन कार्यक्रममा बोल्ने बक्ताहरूले स्वदेशी विद्युतको खपतले विदेशी मुद्रा संचिती समेत बढ्ने बताए ।


यस क्षेत्रमा विद्युतीय गाडी विक्रीवितरण गर्दै आएका कम्पनीहरू र विद्युतीय गाडी प्रयोगकर्ता, प्राधिकरणका कर्मचारीको सहभागीता रहेको उक्त र्‍याली प्राधिकरण प्रादेशिक कार्यालय बुटवल कालिकानगरबाट सुरू भई, बुटवल मिलन चोक,गोलपार्क योगिकुटि, तिलोत्तमा मणिग्राम हुँदै र्‍याली पुन कार्यालय परिसरमा पुगी समापन गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरण लुम्बनी प्रादेशिक कार्यालयका प्रमुख हरि प्रसाद पाण्डले पेट्रोलियम पदार्थ आयातका लागि ठूलो मात्रामा विदेशिने मुद्राको न्युनीकरण तथा स्वदेशी विद्युतको खपतका लागि र्‍यालीको आयोजना गरिएको बताउनुभयो । उहाले विद्युतीय गाडीको प्रमोसन गर्ने उद्धेश्य प्राधिकरणको रहेको बताउनु भयो ।
उहाँले प्राधिकरणले विद्युतीय गाडीहरूलाई लक्षित गरी लुम्बिनी प्रदेशको बुटवल बसपार्क, बर्दघाट, कपिलबस्तुको चन्द्रौटा, बाँकेको कोहलपुर लगायतका क्षेत्रमा चार्जिङ स्टेशन निर्माण गरेको र थप अन्य ठाउमा पनि चार्जिङ स्टेशन निर्माण गर्ने तयारीरहेको बताउनुभयो । प्रमुख पाण्डेले बुटवल नारायणघाट, बुटवल पोखरा, बुटवल कोहलपुर लामो दुरीका सडक खण्डहरूको विभिन्न स्थानमा चार्जिङ स्टेशन राख्ने तयारी भैरहेको बताउनुभयो ।


कार्यक्रममा बोल्दै प्राधिकरण बुटवलका ग्रीड महाशाखा प्रमुख सुरज गौतमले यस क्षेत्रमा विद्युतीय सावारी साधन प्रयोग गर्नेहरू दिनानुदिन बढ्दै गएको बताउनुभयो । उहाँले नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीको प्रयोग बढाउन चार्जिङ स्टेशन निर्माण गर्न चाहानेहरूका लागि पुर्वाधार निर्माण गरीदिने ,सहुलियतमा विद्युत प्रदान गर्नुका साथै ट्रान्सफर्मर निशुल्क जडान लगायतका सुविधा दिने बताउनुभयो ।


कार्यक्रममा बुटवल वितरण केन्द्र प्रमुख कपिल पाण्डे,नयाँमिल वितरण केन्द्र प्रमुख रितेश गुप्ता ,डिल्लीराज बेल्वासे,ज्ञान प्रसाद भट्टराई ,राम प्रसाद ज्ञवाली, भोजराज पोखरेल,कल्पना थापा विद्युतीय सवारी धनि मुकुन्द भण्डारी लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विधुतिय गाडि लिएका प्रयोग कर्ताले भने लाइन जाने आउने भोल्टेज नपुग्ने समस्या आफुहरुले भोग्नु परेकाले समस्या समाधानका लागि आग्रह गरेका थिय । र्‍याली कार्यक्रममा महङ्गो छ तेल खाडिमा चडौ विजुलि गाडिमा ,स्वदेशी विद्युतको खपत विदेशि मुद्राको बचत ,विधुत खपत बढाऔ,इन्धनको आयात घटाऔं, लगाएतका नारालेखियका प्लेकार्ड ब्यानर हरु गाडिमा टागिएको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.