एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री आचार्य उपनेतामा श्रेष्ठ प्रमुख सचेतकमा चौधरी चयन

 

केशव भण्डारी
बुटवल, भदौं १ । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन हुनुभएको छ ।

शनिबार आज बुटवलमा बसेको संसदीय दलको बैठकले दलको बैठकले आचार्यले दलको नेता चयन गरेको हो । नेकपा एमाले लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले दलका नेता तथा पूर्व मुख्यमन्त्री लिला गिरीले दिएको राजीनामा स्वीकृत भएको जानकारी गराएपछि मुख्यमन्त्री आचार्यलाई दलको नेता चयन गरिएको हो ।


त्यस्तै उपनेतामा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ चयन हुनुभएको छ । दलको नेतालाई रोकेर उपनेता आचार्यलाई पार्टीले मुख्यमन्त्रीमा अघि सारेपछि नेता गिरीले राजीनामा दिनुभएको थियो । त्यस्तै संसदीय दलको बैठकले दलको प्रमुख सचेतकमा रूपन्देहीका तुलसी चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका चयन गरेको छ । बैठकमा दलका नेता तथा पूर्व मुख्यमन्त्री लिला गिरीको भने उपस्थिति थियन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.