अर्घाखाँचीमा पहिरोले पुरिँदा एक जनाको मृत्यु

 

अर्घाखाँची, ४ भदौ ।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको भङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ ।
मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर-१३, सिमलपानीको भङ्गलामा गोठ माथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै थापाको मृत्यु भएको हो । गोठमा थापासँगै एक भैँसीको पाडो र दुई बाख्रा समेत च्यापिएका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.