बुद्ध एयरको जहाज मौसम खराबिका कारण भैरहवा डाइभर्ट

 

५ भदौ, रुपन्देही । पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज मौसम खराबिका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको छ ।
पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भइ अवतरण भएको पोखरा विमानस्थलले जनाएको छ ।
बिहान ७ः२५ मा उड्ने तय भएको जहाज सवा ९ बजेमात्र काठमाडौं उडेको थियो । काठमाडौं उडेपछि पुनं मौसम खराब भएपछि करिब २० मिनेट आकाशमा घुमेर भैरहवा अवतरण भएको हो ।
बुद्धको उडान नम्बर ६६४ को एटीआर ७२ जहाज काठमाडौंका लागि उडे पनि भैरहवा अवतरण भएको पोखरा विमानस्थल जनाएको छ । पोखराबाट उडान भर्ने बेला काठमाडौंको मौसम ठिकै देखिए पनि एक्कासि बिग्रिएको विमानस्थलको भनाइ छ ।
अहिले यात्रु भैरहवा विमानस्थलमा रहेको र काठमाडौंको मौसम खुलेलगत्तै उडान हुने जानकारी दिइएको छ ।
पोखरा विमानस्थलबाट बुद्धका २ वटा जहाज काठमाडौंका लागि उडेको थियो । त्यसमध्ये एउटा अवतरण भएको छ । अर्कोभने भिजिबिलिटीका कारण अवतरण गर्न नसकी भैरहवा गएको हो ।
त्यसयता पोखरा विमानस्थलबाट कुनै पनि उडान भएको छैन । पोखरा विमानस्थलका अनुसार भिजिबिलिटीका कारण उडान र अवतरण दुवै ठप्प भएको छ । अझै केहीबेर विमानस्थल खुल्ने अवस्था छैन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.