लायन्स क्लव अफ बुटवल सिद्धार्थले गर्‍यो अपाङ्ग आश्रम खाद्यान्य सामाग्री सहयोग

 

बुटवल भदौ ६ । लायन्स क्लव अफ बुटवल सिद्धार्थले बुटवल १५ उजेलापूरमा रहेको लुम्बिनी अपाङ्ग दृष्टिविहिन अनाथ आश्रममा आलु दाल , चामल, तेल आटा चाउचाउ बिस्कुट लगायतका खाद्यान्य सामाग्री सहयोग गरेको छ । क्लवले लायन्स अन्तराष्ट्रिय ग्लोवल कज हङ्गर रिलिफ अन्तर्गत खाद्यान्य सामाग्री बितरण गरेको हो ।

लायन्स क्लवअफ बुटवल सिद्धार्थका फस्टलेडि सुमिता प्याठको जन्मदिनको अवसर पारेर आश्रमका लिलाराम रोकामगरलाई खाद्यान्य सामाग्री हस्तान्तरण गरेको हो । कार्यक्रम क्लवका वर्ष २०२४-२५ अध्यक्ष मोहन बिक्रम प्याठको अध्यक्षता प्रथम उपाध्यक्ष राजु भारीको स्वागत तथा जोन चियर पर्सन एम जे एफ लायन ओम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । खाद्यान्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै जोनचियर पर्सन एम जेएफ लायन ओम थापाले लायन्स क्लव अफ बुटवल सिद्धार्थले सचिव सुदर्शन खनाललाइ सर्विस पिनले तथा फष्टलेडि सुमिता प्याठलाइ लायन अन्तराष्ट्रिय पिन बाट सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति थापाले समाज सेवाका काममा लायन्स क्लवअफ बुटवल सिद्धार्थ सवै क्लव भन्दा अगाडि रहेको बताउनु भयो । कार्यक्रममा अध्यक्ष मोहन बिक्रम प्याठले लायन्स क्लवअफ बुटवल सिद्धाथर्ले यस आश्रम लगायत अन्य स्थानमा समेत आफुहरुले सक्दो सहयोग गर्दै आएको र आगामि दिनमा समेत सहयोग लाइ निरन्तरता दिने बताउनुभयो । उहाले यो कार्यक्रमले समाजमा मानविय सेवामा सकरात्मक सन्देश दिने बताउनुभयो । उहाले मानविय भावना हड्दै गैरहेको समएमा लायन हरुले सवै बाचौ र बचाउ भन्ने भावना राख्नु पर्ने बताउनु भयो । लुम्बिनी अपाङ्ग दृष्टिविहिन अपाङ्गआश्रमका अध्यक्ष लिलाराम रोकामगरले लायन्स क्लवअफ बुटवल सिद्धाथले आश्रमलाइ पटक पटक सहयोग गरेकोमा आभार ब्यक्त गर्नुभयो । उहाले आयस्रोत केही नभएको,आश्रम रहेका अपाङ्ग असक्त दृष्टिबिहिनहरु सामाजिक संघ संस्था क्लवहरुले गरेको सहयोगबाटै चलिरहेको बताउनुभयो । कार्यक्रममा फस्टलेडि सुमिता प्याठले आफुले सानो सहयोगको प्रायास गरेकोबताउनु भयो आप्नो प्रयासमा लायन्स क्लवले सहयोग गर्ने मौका प्रदान गरेको भन्दै सवैलाइ धन्यबाद ब्यक्तगर्नुभयो । कार्यक्रममा ,सचिव सुर्दशन खनाल, निवर्तमान अध्यक्ष नारायण विक्रम कुँवर,,सुन्दर श्रेष्ठ लगाएतले बोल्नुभएको थियो । आश्रममा ३५ जना अपाङ्ग ,दृष्टिबिहिनहरु रहेका छन ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.