रुपन्देही विधुतीय ब्यवसायी संघले मनायो आप्नो सोर्‍हौ स्थापना दिवस

 

बुटवल भदौ ७
रुपन्देही विधुतीय ब्यवसायी संघले आप्नो सोर्‍हौ स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । संघले स्थापना दिवसको अवसर पारेर कार्यालय भवन परिषरमा वृक्षारोपण गरेको छ । संघले भलवारी स्थीत कार्यालय भवन परिषरमा बिभिन्न फलफुल र अन्य प्रजातिका समेत तिन दर्जन विरुवा लगाएको छ ।

संघले कार्यलय तथा क्रियापुत्रि भवन वरिपरि हरीयालीका साथै ढकमक्क फुलफुलाएर मनमोहक स्थल बनाउने गरी बृक्षा रोपण गरएको अध्यक्ष शान्तराज खनालले बताउनुभयो । स्थापनाकै अवसरपारेर रुपन्देही विधुतीय ब्यवसायी संघले आप्नो कार्यलय रहेको क्रियापुत्रि भवन संचालनका लागि समितिलाइ चावि हस्तान्तरण समेत गरेको छ । चावि क्रियापुत्रि भवन संचालनका लागि समितिका संयोजक भिमलाल अधिकारी सहित समितिका पदाधिकारी र सदस्य हरुलाइ हस्तान्तरण गरीएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अथिति नेपाल विधुतीय ब्यवसायी महासंघ का केन्द्रीय कोषाध्यक्ष प्रकास चन्द्र पाण्डेयले संघले आप्नो ब्यवसाय प्रवर्धनका साथै सामाजिक कार्यमा समेत महत्वपुणर् भुमिका खेलेको बताउनु भयो । उहाले ब्यवसायिक एकता नै संस्था समृद्धिको बलियो आधार भएको बताउनु भयो । प्रमुख अथिति पाण्डेले हरेक किसिमले रुपन्देही विधुतीय ब्यवसायी संघ देशकै उत्कृष्ट शाखा भएको पनि बताउनु भयो ।
कार्यक्रममा रुपन्देही विधुतीय ब्यवसायी संघ लुम्विनिका संयोजक तथा रुपन्देहिका पुर्व अध्यक्ष लोकनाथ पोख्रेलले सवैको साथ सहयोग लिएर अगाडि बढ्दा संस्था सफल हुने बताउनु भयो । भवन अझै पुरा नभएकाले यस भवन ब्यवस्थीत बनाउन पनि पुर्व अध्यक्षहरुको महत्वपुणर् भुमिका हुने बताउनु भयो । कार्यक्रममा संस्थापक अध्यक्ष अनन्तमान थैवले संस्थालाइ विवाद रहित बनाएर अगाडि बढ्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा पुर्व अध्यक्ष नारायण बावु बस्नेतले संस्थामा धेरैको योगदान रहेको बताउदै नामको लागि नभएर कामका लागि खट्न आग्रह गर्नु भयो । उहाले पद लिने ले समय ब्यवस्थापन गर्न सक्नुपर्ने बताउनु भयो । अध्यक्ष शान्तराज खनाल,क्रियापुत्रि भवन संचालन समितिका संयोजक भिमलाल अधिकारी पुर्व अध्यक्ष हरीहर ज्ञवाली महासचिव बिष्णु भण्डारी,सचिव रमा थापा क्षेत्री,उपाध्यक्ष द्धय माधव उपाध्याय केशव कुमार सिंह लगाएत बोल्दै संस्थालाइ ब्यवस्थीत तरीकाले अगाडि बढाउने गरी योजना बनाएर काम गरी रहेको बताउनु भयो । उहाहरुले संस्थालाइ समाजिक गतिविधि संग जोडेर कामगर्न खोजिरहेको पनि बताउनु भयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.