तीजको दर खादा देवदहमा दुई दर्जन महिला बिरामी,

 

बुटवल, ८ भदौ ।
रुपन्देहीको देवदहमा तीजको दर खादा ‘फूड पोइजन’ भई २ दर्जनभन्दा बढी महिला बिरामी परेका छन् । देवदह-६ शिवालय टोलका विभिन्न महिला समूह मिलेर यही भदौं ६ गते दर खाएपछि महिलाहरु बिरामी परेका हुन् ।


देवदह-६ का वडाअध्यक्ष खेमबहादुर थापा मगरका अनुसार ६ गते साँझदेखि बिरामी परेका उनीहरुमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने लगायतका स्वास्थ्य समस्या देखिएका छन् ।उहाका अनुसार बिरामी परेका १८ जनाको स्थानीय अनिता मेडिकलहल खैरेनीमा उपचार भैरहेको छ भने ५ जनाको देवदह मेडिकल कलेज तथा अन्य ५र६ जनाले घरमै बसेर उपचार गराइरहेका छन् । दर खाने कार्यक्रममा ३५ जना सहभागी भएका थिए । उपचारमा संलग्न अनिता मेडिकल हलका डा. छविलाल गिरीका अनुसार उनीहरुमा १०२ देखि १०४ डिग्रीसम्मको ज्वरो आउने गरेको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.