रोटरी क्लव अफ बुटवल चौतारीमा विभिन्न रोटरीयनहरुको क्लासिफिकेशन

 

बुटवल, ८ भदौ ।
रोटरी क्लब अफ बुटवल चौतारीको वर्ष २०२४/२५ को सातौं तथा क्लवको २१६ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो ।
बैठकमा विभिन्न रोटरीयनहरुले क्लासिफिकेशन अन्तर्गत आफ्नो व्यावसायिकताबारे धारणा राख्नु भएको थियो । त्यस अवसरमा उहाहरुले रोटरीले अनुशासन र सामाजिक उत्तरदायित्व सिकाएको र त्यसबाट आफुहरु प्रभावित भएर रोटरीमा प्रवेश गरेको जानकारी गराइएको थियो ।
मानिसमा चेतनाको विकास गर्न रोटरी जस्ता सामाजिक संस्थाले महत्वपूणर् भूमिका खेल्ने भन्दै उहाहरुले हरेक नागरिकले सेवालाई अवसरको रुपमा लिएर त्यसको सही उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उहाहरुले आफ्नो स्वार्थमा कहिल्यै नलागेर सामाजिक काममा केन्द्रित हुनुपर्नेमा जोड दिनु बताउनु भयो ।
रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले क्लवमा रोटरीयनहरुको सक्रियताले विभिन्न गतिविधि अगाडि बढाउन सहज भएको बताउनु भयो ।
रोटरी क्लव अफ बुटवल चौतारीमा नयाँ सदस्यताको प्रमाणपत्र लिंदै जिल्ला अदालत पश्चिम नवलपरासीका न्यायाधीश हरिप्रसाद पंगेनीले आफूमा पनि सामाजिक क्षेत्रमा काम गर्ने हुटहुटी पैदा भएकाले रोटरीमा प्रवेश गरेको बताउनु भयो ।
बैठकमा रोटरीयनहरु सुवाश घिमिरे, ज्योती पौडेल, पशुपति पौडेल, भवगवती पाण्डे, भिम पौडेल, चन्द्रकान्त खनाल, इन्टर्याक्ट क्लव अफ बुटवल चौतारीका अध्यक्ष राहुल पाण्डे लगायतले क्लासिफिकेृशन अन्तर्गत आफ्नौ व्यावसायिक क्षेत्रका बारेमा जानकारी गराउनु भएको थियो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.