लायन्स क्लव सिद्धार्थकोअटिजम सम्मन्धि जन चेतना मुलक अन्र्तक्रिया

अटिजम कुनै रोग नभएर जन्मजात समस्या हो
बुटवल भदै ८
अटिजम कुनै रोग नभएर जन्मजात समस्या भएकाले समयमै पहिचान गरेर सोहि अनुशारको ब्यवहार गरेमा बालवालिको अवस्थामा सुधार ल्याउन सकिने एक कार्यक्रमका बक्त्ता हरुले बताएका छन । अटिजम रोग नभै एक अवस्था भएकाले परिवारले यसमा बिशेष ख्यालगर्नु पर्ने पनि बक्त्ता हरुले बताए हुन । लायन्स क्लव अफ बुटवल सिद्धार्थ को आोजना स्वणर्िम चौतारी रुपन्देहीको सहआयोजनामा बुटवलमा भएको अटिजम सम्मन्धि जन चेतना मुलक अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ता हरुले समाजमा अटिजम सम्वन्धी गलत धारणा रहेकाले परिवारले समेत समयमा अटिजम पहिचान गर्न नसक्दा समस्या बढेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै बालरोग बिशेषज्ञ डाक्टर मनोज कुशहवाले समाजमा अटिजमलाइ रोगको रुपमा लिइरहेको बताउनु भयो । डाक्टर कुशवाले अनुभव र तालिमप्राप्त डाक्टरले मात्र अटिजमको सही पहिचान गर्न सक्षम हुने हुँदा समयमै सकांलागेका बालबालिकालाइ अनुभव र तालिमप्राप्त डाक्टरको लैजानु पर्ने बताउनु भयो । डाक्टर मनोज कुशहवाले संयुक्त परीवारमा कार्यक्रममा डिस्ट्रिक गर्भनर एम जे एफ लायन पुरुषोत्तम प्रधानाङ्गले लायन हरुले समाजमा स्वास्थ्य सम्वन्धी धेरै कार्यक्रम गरीरहेको बताउनु भयो । स्वस्थ्यमा आउनसक्ने समस्या आउन नदिन जनचेतना मुलक कार्यक्रमलाइ अभियानकै रुपमा लायन्स क्लवले संचालन गरीरहेको उहाले बताउनु भयो । पमुख अथिति प्रधानाङ्गले अटिजम बालवालिका लाइ परिवारले अनुकुल बतावरण दिए बालवालिकामा धेरै सुधार आउने बताउनु भयो । कार्यक्रमका अध्यक्ष मोहन बिक्रम प्याथले लायन्स क्लवले हरेक विधामा सेवा गर्दै आएको बताउनु भयो । अध्यक्ष प्याथले सवैले आफुभन्दा कम भाग्यसालि लाइ सहयोग गर्नुपर्ने बताउनु भयो । उहाले एउटा रुखले धेरैलाइ फल खुवाएर मर्छ भने हामि मानिसले जिवनमा अरुका लागि केहि सेवा गरेर सवैमा सेवाको भावना जगाउनु पर्ने बताउनु भयो । कार्यक्रममा सचेतना कार्यक्रमका संंयोजक भोजराज पोख्रेल, प्रगतिटोल बिकास संस्थाका अध्यक्ष क्याप्टेन थम्मन बहादुर केसि क्लवका सचिव सुदर्शन खनाल सविता टण्डन खत्री लगाएतले बोल्दै अटिजम भएका बालवालिका परिवारले माया ममता दिनुपर्ने पनि बताउनु भयो । उहाहरुले बुवा आमा ले सवैभन्दा बढी समय दिनुका पर्ने पनि बताउनुभयो । कार्यक्रम लायन्स क्लव अफ बुटवल सिद्धार्थ र स्वणर्िम चौतारी रुपन्देहीका सदस्य प्रगतिटोल बिकास संस्थाका सदस्य हरु सहित एकसय बढीको सहभागिता रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.